सम्वाद प्रतिविम्ब
कलकत्ता 26 अप्रेल।
पश्चिम बंगाल सरकारले जारी गरेको बुलेटिन अनुसार राज्यभरि मा कोरोना पोजिटिभ केसहरूको संख्या ४६१ पुगेको छ। पछिल्लो २ घण्टामामात्रै ३८ वटा पोजिटिभ केसहरू पाइएको रिपोर्टमा उल्लेख गरिएको छ। तथापि केन्द्र सरकारको सर्वेक्षणअनुसार हेर्ने हो भने बङ्गालमा कोरोना पोजिटिभको संख्या 611 अनि मर्नेको संख्यै 18 बताइदैछ।
यसबाहेक कोरोना सङ्क्रमणबाट मर्नेहरूको संख्या पश्चिम बंगालमा २० पुगेको छ भने निको हुनेहरूको संख्या १०५ जना रहेको छ।
अर्कोतिर, भारतमा कोरोना पोजिटिभहरूको कूल संख्या 26,917 रहेको छ जसमा 826 जनाको मृत्यु भइसकेको छ भने 5914 जना निको भएर घर फर्किएका छन्।
विश्वव्यापीरूपमा हेर्नो हो भने हालसम्ममा कोरोना 2.92 मिलियन मानिसहरू कोरोना संक्रमित बनेका छन् जसमध्ये 204 हजारको मृत्यु भइसकेको छ भने 828 हजार मानिसहरूले उक्त संक्रमणलाई जितेर नयाँ जीवन पाएका छन्।