क्षेत्रीय समाचारखरसाङ

१/११ गोर्खा राइफल्स भूतपूर्व सैनिक युनियनको ६५औं राईजिङ डे साथै युनियनको पहिलो स्थापना दिवस

सोनादा 1 सेप्टेम्बर ।

१/११ गोर्खा राईफल्सको भूतपूर्व सैनिक युनियन दार्जिलिङ कालेबुङ जिल्लाको भूतपूर्व सैनिकहरूद्वारा 65 औं राईजिङ डे साथै युनियनको पहिलो स्थापना दिवस सोनादामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भूतपूर्व सुबेदार आईबी ठकुरी उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा कर्णल केशव राई, लेफ्टिनेन्ट कर्णल रक्षा राई, डेपुटी मेजिस्ट्रेट भुषण शेर्पा, डा मुन्नु शेर्पा लगायत भूतपूर्व सैनिकहरूका पत्नीहरू,  वीर वीरंगनाहरू र परिवारहरू उपस्थित रहेका थिए।

कार्यक्रममा  विभिन्न सांस्कृतिक र देशभक्ति कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा राई, तामाङ, प्रधान जातिय नृत्यहरू प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिको पक्षबाट सूबेदार मेजर ओननेरी कप्तान दिनेशकुमार राईले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले भूतपूर्व सैनिक संगठन कालेबुङ र दार्जिलिङ मिलेर सोनादामा 1/11 गोर्खा राईफल्सको 65 औं राईजिङ डे साथै युनियनको पहिलो स्थापना दिवस पालन गरिएको बताएका छन्। उनले यस कार्यक्रमको उद्देश्य पल्टनको राईजिङ डे पालन गर्नुको साथै भूतपूर्व सैनिकहरूको भेटघाट र पुरानो समयको सम्झना गर्नु रहेको बताएका छन्।

 

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!