क्षेत्रीय समाचारखरसाङ

सामुहिक वृक्षरोपन कार्यक्रम

खरसाङ 7 अगस्त ।

आज सूर्य फाउण्डेशनको आयोजनामा तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा सामुहिक वृक्ष रोपण कार्यक्रम सम्पन्न भएको छ।

उक्त अवसरमा फाउण्डेशनको जोन उप चिफ् बिनोदकुमार महतोको विशेष रूपमा उपस्थित रहेका थिए। यस अवसरमा 100 सय जति सुपारीका बिरूवाहरू बाघमारा बस्ती निवासी स्थानीय रतन तिवारीको जमीनमा रोपिएको छ। उक्त अवसरमा बोल्दै सूर्या फाउण्डेशनको जोन उप-चीफ बिनोद कुमार महतोले सुपारीको बिरूवा रोप्नले दुईवटा फाइँदा पुग्ने बताएका छन्। उनले एकातिर उक्त सुपारीको बिरूवा रोप्नाले पर्यावरण संरक्षण हुने साथै निकट भविष्यमा आय स्रोतको साधन पनि बन्न सक्ने बताएका छन्।

सूर्य फाण्डेसनद्वारा देशभरमा दुई बगान लगाउने योजना राखेको जानकारी योगेन्द्र छेत्रीले दिएका छन्।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!