- गाउँले नेटवर्क
कति अप्ठ्यारो छ गाउँलाई
कान्छा बाजेको गिजामा रहेको
चारवटा दाँत झैं नेटवर्क देखाएर चल्नु
किनभने मान्छेहरूले सोद्धछन् नि त अचेल
गाउँमा जानुभन्दा पहिले नै
विकास पनि त्यै हो सुविधा पनि त्यै हो
भनेर बुझेका अचेलका पीढीहरूलाई
गाउँले कसरी बताउँदै होलान् नेटवर्कको कुरा।
नेटवर्क त कन्दराको धारा जस्तो
खलल बगिरहनु पर्ने हो
तर शिवलिङ्गमा तप-तप तप्किने
पानीको तप्कना जस्तो तप्केकाले
गाउँलाई नेटवर्कको काकाकुलीय तिर्खा छ।
रेगिस्तानको मृगतृष्णा जस्तो
नेटवर्ककीय मृगतृष्णा बनिरहन्छन्
गाउँको मोबाइलहरूमा त ।
आतङ्कवादलाई कुनै बन्दूकले रोकेर
देशको सरकार हासिँरहेकै बेला
गाउँको देशवासीले
कुनै इमपोर्टेन्ट पीडीएफ फाइल
फरवर्ड गर्दा
मौतको कुवामा बाइक घुमेको जस्तो
त्यहाँ एउटा वृत्त घुमेर सताइरहन्छ
यस्तो घुम्छ त्यो वृत्त आफै थाक्छ
कति भयङ्कर आतङ्क !
दिनहुँ गाउँको निधारमा किल्ला ठोक्दैछ
विश्वासघातको।
विश्वास गरेर मोबाइलमा भरेको डेटाहरू
त्यो पुरानो हजारको नोटजस्तै भइरहन्छ
तर वास्ता छैन जीएसटीको आँखाले
देख्ने सरकारको कुर्सीहरूलाई
त्यसैले तारतारूसको सिसिपसीय ढुंगा लडेर
बार-बार फेदमा आइपुगे जस्तै
गाउँमा पनि नेटवर्क
उसरी नै लड्दै-लड्दै बारबार आइपुग्छ फेदमै।
जब डिजिटल डण्डियाको
चर्को नारा लगाउँदै
एकहुल कम्पनीहरूले
नेटवर्कको नक्सा बोकेर गाउँमा पसेदेखि
गब्बर सिहंको आत्माहरूले
लुकेर आउन छोडेको हो यो देशको गाउँहरूमा।
पहिलेझैं तिनीहरू
डालिलो घोडाहरूमा चढेर
टाउकोमा कालो पट्टि बाँधेर
बुलेटको पेटी काँधमा छड्के भिरेर
हातमा बन्दूकसहित गाउँमा पसेर
लुटपाट गर्न छाडिदिए
र अहिले भाग्दैनन् पनि गाउलेहरू
लुक्दैनन् पनि गाउँलेहरू
तर 4G को घोडामा चढेर
डिजिटल गब्बरहरू
गाउँहरूमा डिजिटल आतङ्क बनाइरहन्छन्।
-
मञ्जु
सुन्दरता भनेको
हेर्ने आँखा र बुझ्ने मन हो भनेको सुनेथे
तर तिमी सर्वथा राम्री थियौ
त्यसैले त तिमीलाई सुठ्ठी साह्रै मनपर्थ्योक
र म सबभन्दा बेसी रमाउन पाए
तिमीसँग रमाउँछु जस्तो लाग्दथ्योर
मसँग भएको माया जति दिनु पाए
तिमीलाई नै दिन्छु जस्तो लाग्दथ्यो
र म कसैको आँखामा हराउन पाए
तिम्रो आँखामा हराइदिन्थे लाग्दथ्यो।
तिमी कोई-कोई बेला
मेरो घर छेउको बाटो भएर स्कुल हिड्दा
लाग्दथ्यो तिमी नजिक नजिक आइरहेछ्यौ
र म यही सोच्थे
तिमी सधैँ त्यै बाटो भएर स्कूल जाउन्
र त्यहाँ आइपुग्दा तिमीलाई
हर-हर तिर्खा लागिदिए हुन्थ्यो
अनि पानी पिउनलाई मेर घरसम्म आउन सकोस्
म पनि त्यतिखेर बोलेर तिमी जस्तै तृप्त बनूँ।
तिम्रो र मेरो स्कुल जाने बाटो भेट हुनलाई
त्यो बूढो सउरको रूख पुग्नु पर्थ्योह
अनि हिडेपछि बाँसघारि काटनु पर्ने
कुनै-कुनै बाँसहरूमा चाहि साथीले
तिम्रो र म मेरो नाम खोपेछ
त्यहाँ तिम्रो नाम र आफ्नै नाम पढेर
पटक पटक खुशी भइरहे म त
तर तिमीले चाहिँ
त्यो बाँसको नाम
पढ्यौ कि पढिनौ कुन्नि।
स्कुल छुट्टी भएर
अघिपछि-अघिपछि हुँदै घर फिर्ने हाम्रो त्यो बाटो
किन दिनहुँ छोटिएर
हिडने बित्तिकै सकिएको हला भनेर
म मनमनै सोच्ने गर्थे
हाम्रो बाटो छुट्टिने ठाउँमा आइपुग्दा
अचानक मलाई पिढा हुन्थे
र म बाटोसँग गुनासो गर्थे
मलाई भने त्यो बाटो
नित्य लामो लामो होस न जस्तो हुन्थे
नबोलेरै हिडनुको पनि रौनक थियो त्यहाँ
बोलुला अनि धेरै बोलुला भनेर
त्यसो त कति सोचे
तर खै वाक्के नै त फुटेन ।
मैले हेर्दा मेरा आँखाहरू जुझिन्थे तिम्रोसँग
तिमीले हेर्दा तिम्रा आँखाहरू जुझिन्थे मेरोसँग
सायद एउटै भावहरू भेट हुन्थे आँखाहरूमा
सायद एउटै सपनाहरू पोखिन्थे आँखाहरूमा।
आँट गरेर
मैले धेरै खेप प्रेम पत्र पनि कोरे नि
मनको भावनाहरू जम्मै जम्मै पोखे त्यहाँ
तिमीलाई मनपराएको कुरा लेखे
तिमीलाई अतिनै चाहेको कुरा पनि लेखे
प्रकाश कोबिदको ‘मोती दिएर आँसु बटुले’
त्यो डायलग पनि लेखे
स्कुलको रूटिन मिलाउदा
दिनहुँ त्यो पत्र गोजीमा हाले
तर तिम्रो लागि लेखेको पत्र
तिमीसम्म नै पुरयाउन कहाँ सके त
बरू त्यो पत्र
गोजीमै बूढो भयो गोजीमै जीर्ण भयो।
अब उतै पढछ रे
भन्ने खबर छोडेर तिमी गयौ सधैलाई एकदिन
मावली घरबाट
खै कता थियो तिम्रो घर कुनि।
मलाई के भएन होला खबर सुनेर
जस्तो कि
मुटुमा सियो रोपिदा एउटा मान्छेलाई के होला
मलाई त्यतिबेला थाहा भयो
मैले प्रेम गरेछु तिमीलाई
पहिल प्रेम गरेछु मञ्जु तिमीलाई ।
तिमी गएर यस्तै डेढबर्ष बितेपछि
तिम्रो र मेरो नाम खोपिएका बाँसहरूले
सुन्दर घर बनियो
हामी हिडने बाटो छेउमा।