कवि प्रेम शर्मा एकान्तप्रेमी
आजभोलि देश शोकमा डुबेको छ
देश रोएको छ
सपनाहरू चकनाचुर भएका छन्
हरेक दिन आमाहरुको सिन्दुर पुछिएको छ
माहामारीको मारमा देश डुबेको छ
सडकहरु खाली छन्
मन्दिरहरु खाली छन्
मजदुरका हातहरु खाली छन्
मान्छे हरु मृत्युदेखि डराइरहेका छन्
राजनैतिक झन्डाहरु हराएका छन्
गरिब जनताहरू भोकले कराएका छन्
नेताहरु कुर्सि देखी कराइरहेका छन|
आजभोलि देश शोकमा डुबेको छ
हाँँस्न सकेको छैन देशको अनुहार
देशका मानिसहरू घरभित्र बन्द छन।
भोलिको नयाँ जिन्दगी सजाउन
नयाँ सपनाहरू सजाउन
घरमा छन् उनीहरु
आजभोलि देश शोकमा डुबेको छ।
मृत्यसँग मलामी बनी हेरिरहेको छ
खुम्चिएको छ हजुर
देशको अनुहार।
फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्