खरसाङ 19 अक्टोबर ।
खरसाङकी नारी स्रष्टा एंव समाचारवाचिका उषाकिरण सत्यदर्शीद्वारा अनुवाद गरिएको कृति ‘भारतीय बाल कथाहरू’ आकाशवाणी खरसाङमा लोकार्पण गरिएको छ।
उक्त कृति लोकार्पणको कार्यक्रम प्रज्ञा साझा मञ्च अनि आकाशवाणी खरसाङको संयोजकत्वमा सम्पन्न भएको छ। कार्यक्रममा प्रज्ञा साझा मञ्चका पदाधिकारीहरू एंव सदस्य- सदस्याहरू उपस्थित रहेका थिए।
प्रसामका अध्यक्ष रमेश थापाको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रममा प्रमुख अतिथिको रूपमा आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक प्रमुख पारसचन्द्र आले तथा विशिष्ट अतिथिहरूमा वरिष्ठ समाजसेवी टीटी लामा, पण्डित तुलसी अधिकारी, वरिष्ठ समाजसेवी सूर्यनारायण प्रधान लगायत प्रज्ञा साझा मञ्चका प्रितम छेत्री, ऋषि राई, सुदर्शन ‘अम्बटे,’ उमेद गोले, सिल्वेष्टर लेप्चा, मीना राई लामा, द्वारिका छेत्री साथै आकाशवाणी खरसाङका कर्मचारीवृन्द लेखनाथ राई, राजीव सुब्बा ,मिंगमा लामा, सर्मिष्ठा सिंह उपस्थित रहेका थिए।
कृतिकार उषाकिरण ‘सत्यदर्शी’, समारोहाध्यक्ष रमेश थापा अनि प्रमुख अतिथि पारसचन्द्र आलेले आफ्नो सम्बोधन राखेका थिए।