संवाद प्रतिविम्ब
कलकत्ता 5 मई।
कोरोना महामारीको मध्यनजर राख्दै आज ममता व्यानर्जीले सामान्य भेलामाझ तेस्रोपल्ट मुख्यमन्त्रीको शपथ लिए। शपथ ग्रहणपछि कोरोना सङ्क्रमण विषय गम्भीर बन्दै मुख्य मन्त्रीले राज्यमा जारी आंशिक लकडाउनबारे ठूलो फैसला लिंदै नयाँ नियमहरूका घोषणा गरेकी छन् जसमा बजार खोल्ने र बन्द हुने समयमा परिवर्तन अनि लोकल रेलसेवा विषय महत्त्वपूर्ण फैसला लिएकी छन् –
- राज्यमा सबै लोकल रेलसेवा भोलि बिहिबारदेखि बन्द रहने छ। बस अनि मेट्रोसेवा 50 प्रतिशत यात्रीसाथ सञ्चालनमा रहने छ।
- बजार अनि हाटहरू विहान 7 देखि 10 बजेसम्म अनि बेलुका 3 देखि 5 बजेसम्म खुल्ला थिए भने अबदेखि विहान 7 देखि 10 बजिसम्म अनि वेलुका 5 बजिदेखि 7 बजिसम्म खुल्ला रहने छ।। तथापि दबाई दोकान, स्वास्थ्य सम्बन्धिका समानहरूका दोकानपाट अनि ग्रोसरी दोकानहरूलाई यस प्रतिबन्धबाट बाहिर राखिएको छ।
- विमान यात्रीहरूले अनिवार्य रूपमा 72 घण्टा अघिको कोरोना नेगेटिभ रिपोर्ट देखाउन पर्नेछ। मास्क सबै स्थानमा अनिवार्य गरिएको छ।
- सबै सरकारी कार्यालयहरूमा 50 प्रतिशत कर्मचारीहरू साथ कार्य हुनेछ। 10 किमी टाडाबाट आउने कर्मचारीहरूले वर्क फ्रम होम अथवा घरमै बसेर कार्य गर्नेछ।
- राज्यमा सबै सपिङ कमप्लेक्स, मल्स, सुइमिङ पुल, जिम, सिनेमा हल, रेस्टुरेन्ट अनि बार, बिउटी पार्लर, खेलकुद कमप्लेक्स अर्को सूचना नआएसम्म बन्द रहनेछ। तथापि होम डिलिभेरीलाई छुट दिइएको छ।
- सबै प्रकारको सामाजिक, सांस्कृतिक, अकादमिक, मनोरञ्जनात्मक, कार्यक्रम आदिमा रोक लगाइएको छ। कंहीपनि 50 जनाभन्दा अधिक भीड जमा हुन पाइने छैन।
- ब्याङ्क विहान 10 बजीदेखि दिउँसो 2 बजीसम्म मात्र खुल्ला रहने छ।
यस अघि बुधबार बिहान ममता ब्यानर्जीले तेस्रोपल्ट मुख्यमन्त्रीको शपथ ग्रहण गरेपछि उनले भने कि पश्चिम बङ्गाल सरकार कुनैपनि रूपमा राज्यमा हिंसाको पक्षमा छैन। हिंसा गर्नेहरूलाई कानुनी कार्यवाही गरिने छ। उनले अझ भने कि उनको निम्ति पहिलो प्राथमिकता नै कोरोना रोकथामको निम्ति काम गर्नु हो।
फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्