सम्वाद प्रतिविम्ब
दार्जीलिङ 4 मई।
केन्द्रले कोरोना सङ्क्रमणलाई रोक्न लकडाउनको अवधि 17 मईसम्म बडाएका छन्। यद्धपि लकडाउनको यस चरणमा केन्द्रिय गृह मन्त्रालयले केही छुटहरूको साथसाथै शराब( रक्सी) दोकानहरू पनि खोल्नसक्ने अनुमति दिएका छन्। तथापि केन्द्र सरकारले ग्रीनजोनमा मात्र रक्सी दोकान खोल्ने जनाए तापनि बङ्गाल, महाराष्ट्र, असम, कर्नाटक चार राज्य सरकारहरूले कन्टेन्मेट जोन बाहेक सबै जोनहरूमा रक्सी दोकान खोल्ने निर्णय लिएको छ।
राज्य सरकार सुत्रबाट जनाए अनुसार आज सोमबारदेखि नै रक्सी दोकानहरू खोल्ने जनाए तापनि रेडजोन क्षेत्रहरूमा भोलि मंगलबारदेखि रक्सी दोकानहरू खोलिने जनाएको छ।
रक्सी दोकानहरू बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म खुल्ला रहनेछ भने रेडजोन क्षेत्रमा दिउसो 12 बजेदेखि बेलुका 6 बजेसम्म खुल्ला रहने छ। तथापि स्टैन्ड अलोन( एक्लै उभिने) रक्सी दोकान खोलिने छ भने बार तथा सपिङमल स्थित रक्सी दोकानहरू बन्द नै रहनेछ, त्यसरी नै कन्टेन्मेट क्षेत्रहरूमा रक्सी दोकानहरू बन्द रहनेछ।