देश - विदेशसमाचार

नेपाल भारत सीमामा गोलीबारी : एकको मृत्यु

सम्वाद प्रतिविम्ब

दार्जीलिङ 12 जून।

नेपाल भारत सिमामा गोली चलेको घटना यस समयको ब्रेकिङ न्यूज बनेर आइरहेको छ। बिहारको सितामडी भन्ने ठाउँमा भारत नेपाल बर्डरमा नेपाल पुलिसको तर्फबाट अन्धाधुन्ध गीली चलेको खबर प्राप्त भएको छ। फाइरिङले यस क्षेत्रका चारजनालाई गोली लागेको बताइएको छ। जसमा एकजनाको मृत्यु पनि भएको सुत्रले बताएको छ।

स्मरण रहोस कि भारत नेपालबीच केही दिन अघिदेखि सिमाना लिएर विवाद सिर्जना भएको छ। नेपाली संसदले केही दिन अघि कतिपय सिमावर्ती क्षेत्रहरू आफ्नो रहेको दावी गर्दै प्रस्ताव पनि पास गरेको थियो। जसमा कतिपय सिमानामा रहेको क्षेत्रहरू आफ्नो मानचित्रमा गाभेर नेपाल र भारतमाझको सम्बन्धमा तनाउ सिर्जना भएको थियो।

जानकारी अनुसार भारत नेपाल सिमामा तनाउकै कारण गोली चलेको बताइएको छ भने नेपालतिरबाट अन्धाधुन्ध गोली चलेको तथापि भारत पक्षबाट जवाबमा गोलीबारी नभएको रिपोर्ट सुत्रहरूले बताएका छन्। गोलीबारीमा भारतका चारजनालाई खोली लागेको जसमा एकजनाको मृत्यु भएको अनि अन्य तीनजना घाइते भएको खबर आइरहेको छ। घाइतेहरू सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

घटना बिहारको सितामडी क्षेत्रको सोनबरसा बर्डर छेउ जानकीनगर गाँउमा भएको छ। फाइरिङको यस घटनाले क्षेत्रमा तनाउ सिर्जना भएको छ भने स्थानीय प्रशासनका अधिकारीहरू घटना स्थल पुगिरहेका छन्। यस घटनाबारे विस्तृत जानकारी अझ आउन बाँकी नै रहेको छ।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Leave a Reply

Back to top button
error: Content is protected !!