सम्वाद प्रतिविम्ब
दार्जीलिङ 9 मई।
कोरोनाको कारण संसारका सबै देशहरूको अर्थव्यवस्था डगमगाइरहेको छ। तथापि भारतमा कोरोनाकालमा धेरै सकारात्मक परिवर्तनहरू पनि देख्न पाइरहेका छन्। संसारकै कतिपय ठूलठूला कम्पनीहरू चीनबाट निस्केर भारततर्फ बढिरहेका छन् भने कतिपयले आफ्ना कारोबारहरू भारतमै जमाउने तयारीहरू पनि गरिरहेका छन्। धेरै विशेषज्ञहरू मान्छन् कि आउँदो दिनहरूमा भारत मैनुफ्येक्चरिङको हब बन्न सक्छ।
अब भारतले पनि समयको माग अनुसार यस्ता दिशाहरू तर्फ आफ्ना कदमहरू बढाइरहेका छन्। कोरोना सङ्कटको माझमा भारत आफ्नो ताकतहरू चिनेर ग्लोबल लिडरको रूपमा आफैलाई उभाउने कोशिषमा लागेका छन्। जुन समानहरूको निम्ति सँधै अन्य देश विशेष गरेर चीनमाथि निर्भर थियो आज त्यही समानहरूको निर्माणमा आफ्नो सिक्का जमाउन भारतले कम्मर कसिसकेका छन्।
PPE (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) कोरोनाको जाँचमा प्रयोग हुने गर्दछ भने स्वास्थ्य कर्मी साथै अन्य कोरोना वारियर्सको निम्ति पनि आवश्यक समान भारतमा पहिला बनिदैंन थियो। फरवरी 2020 सम्म भारतमा क्लास-3 लेबलको पीपीई किट्स निर्माण नै हुन्थेन जसको निम्ति भारत मुख्यरूपमा चीनमाथि नै निर्भर थिए। तर अब भारत पीपीई किट्स बनाउने देशहरूमा संसारभरमै 2 नम्बर देश बनिसकेको छ। भारतमा बनिने पीपीई किट्स अन्तराष्ट्रिय मानक अनुरूप नै रहेको छ साथै यो सस्तो पनि रहेको छ।
जब भारतमा पनि कोरोनाले खुट्टा पसार्न सुरू गर्यो त्यतिबेला भारतले विदेशबाट 52 हजार पीपीई किट्स किने। कोरोनाको आतङ्क बढ्दै जादा यी समानहरूको कमि देखापर्यो अनि भारतले चीनबाट किनेको पीपीई-हरूमा घटिया क्वालिटीको दोष पाइयो। यस्तो अवस्थामा भारतले WHO सँग पीपीई किट्स बनाउने अनुमति मागे अनि WHO बाट हरियो
सङ्केत पाएपछि भारतले पीपीई बनाउन थाले अनि हेर्दा हेर्दै भारत पीपीई किट्स बनाउने विश्वको दोस्रो ठूलो निर्माता देश बन्यो।
आज भारत न केवल आफ्नो जरूरत पुरा गरिरहेको छ तर अन्य देशहरूलाई पनि पीपीई सप्लाइ गर्नसक्ने स्थितिमा पुगेको छ तथापि देशमा आफ्नै आवश्यक्ताहरूलाई ध्यानमा राख्दै सरकारले पीपीई-को निर्यातमा प्रतिबन्ध लगाएको छ। यस समय हाम्रो देशमा WHO को मानक अनुरूप एकसयभन्दा अधिक सरकारी तथा गैरसरकारी कम्पनीहरू पीपीई किट्स निर्माणमा लागेका छन्। सरकारी आकँडा अनुसार देशभरमा प्रतिदिन 1.7 लाख पीपीई बनिने कार्य भइरहेका छन्।