विशेषविश्लेषण

हाम्रो धरातलमा हामी बलियो उभौँ

हामी सबल हुनु हो भने अथवा यो भूभागमा हामीले दह्रो गरेर उभिनु हो भने व्यापार वाणिज्य, शहर-बजारपाट हाम्रो हुनुपर्छ। आर्थिक अनि प्रशासनिक बागडोर हाम्रो हातमा हुनुपर्छ। शिक्षा, राजनीतिक, समाज हरेकक्षेत्रमा हामी दह्रिलो गरेर उभिनुपर्छ। यी क्षेत्रहरूमा दखल नभए हामी मूलजरा बिनाको उद्धभिद्जस्तोमात्रै हुनेछौं जसलाई कुनै पनि समय सानो हुरीले पनि लड़ाउन सक्नेछ।

 

  • केशवराज पोख्रेल, दार्जीलिङ।

गोर्खा जाति सांस्कृतिकरूपमा धनी जाति हो । दशैं-तिहार, देउसे भैलौ हाम्रा सांस्कृतिक चिह्नारी हुन् । सयपत्री, मखमली, गोदावरी, चितुचाङ्गेहरू पूर्खाहरूले हामीलाई छोड़िराखेका हाम्रा सास्कृंतिक गर-गहनाहरू हुन् । तर आधुनिक फेशनको दौड़मा हामीले यी सबैको महत्वहरू भुल्दै गइरहेका छौं। जो भविष्यमा गएर हाम्रो निम्ति ठूलो दुर्भाग्य बन्न सक्छ।

एउटा पहाड़ भत्किनको निम्ति सानो ढिस्कना भत्किनु नै काफी छ। त्यही सानो ढिस्कनाले ठूलो पहाड़लाई थामेर राखेको हुन्छ । हामी यसरी नै सानो-सानो ढिस्कना हुँदै निरन्तर भत्किदै गइरहेका छौं। हाम्रा आफ्ना सर-सम्पतिहरू बिस्तारै फुत्किदै गइरहेका छन् । हामीले कतिपय भौगोलिक क्षेत्रफलहरू गुमाइपठायौं। व्यापार,वाणिज्य, प्रशासन गुमाइपठायौं। शिक्षा,समाज, राजनीतिको स्तर निरन्तर खुस्किदै गइरहेको छ। सांस्कृतिक, सामाजिक धरातल कमजोड़ हुँदै गइरहेको छ। वर्तमानमा आफ्नै माटो, आफ्नै आगँन र आफ्नै खेतबारीसमेत विरानो हुँदै गइरहेको अवस्था छ।

हामी सबल हुनु हो भने अथवा यो भूभागमा हामीले दह्रो गरेर उभिनु हो भने व्यापार वाणिज्य, शहर-बजारपाट हाम्रो हुनुपर्छ। आर्थिक अनि प्रशासनिक बागडोर हाम्रो हातमा हुनुपर्छ। शिक्षा, राजनीतिक, समाज हरेकक्षेत्रमा हामी दह्रिलो गरेर उभिनुपर्छ। यी क्षेत्रहरूमा दखल नभए हामी मूलजरा बिनाको उद्धभिद्जस्तोमात्रै हुनेछौं जसलाई कुनै पनि समय सानो हुरीले पनि लड़ाउन सक्नेछ।

हालमा पहाड़का विभिन्न क्षेत्रहरूमा चलिरहेको गोर्खे हाट, फूल महोत्सव अनि लोकल सर-समानहरूको बेचबिखनको चेतना जुन सचेत जमातले चलाइरहेका छन् । यसलाई सांस्कृतिक क्रान्तिको पहिलो खुड़्किलो मान्न सकिन्छ। हाम्रो आफ्नो भन्ने सोच अनि धारणा जब प्रत्येक गोर्खाहरूको छातीमा रोपिनेछ हाम्रो अस्तित्व अनि चिह्नारीको बीज आफै अङ्कुरित भएर जानेछ। यसैले यो सोच दीगो रहोस्, यो क्रान्ति चलिरहोस् भन्ने मेरो चाहना रहेको छ।

महान चाड़ तिहारको अवसरमा सबै गोर्खा जातिलाई आफ्नो आफ्नो संस्कृति अनि आफ्नोपनमाथि गर्व गर्ने अनि सदैव जातिको गौरव उच्च राख्ने प्रण गरौं भन्दै तिहारको हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु।-

 

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!