दार्जीलिङ १४ जुलाई ।
पश्चिम बंगालकी मुख्यमन्त्री एवं इण्डिया एलायन्सकी नेत्री ममता व्यानर्जीले केन्द्रमा सत्तासीन मोदी सरकार धेरै दिन लामो टिक्न नसक्ने दावी गरेकी छिन्।
गत शुक्रबारको दिनमात्र ममता ब्यानर्जीले मुम्बईमा शिवसेना (यूबीटी) अध्यक्ष उद्धव ठाकरे र एनसीपी प्रमुख शरद पवारसँग भेट गरे। यही यस भेटपछि ममता व्यानर्जीले पत्रकारहरूले सोधेको प्रश्नको उच्चत दिने क्रममा भनिन्, ‘वर्तमान केन्द्र सरकार स्थिर छैन र यो लामो समयसम्म टिक्दैन। लोकसभा चुनाव २०२४ को नतिजाले विपक्षी दलहरूको भारत गठबन्धनले अपेक्षाभन्दा बढी प्रदर्शन गरेको देखाएको छ। खेल सुरु भएको छ र अब यो जारी रहनेछ।’
२०२४ को लोकसभा चुनावपछि उद्धव ठाकरे र शरद पवारसँग ममता ब्यानर्जीको यो पहिलो भेट थियो। मुख्यमन्त्री ममता ब्यानर्जी वास्तवमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी हुन मुम्बई पुगेकी थिइन् भने यही अवसरमा उनले उद्धव ठाकरेसँग उनको निवास मातोश्रीमा भेट गरेकी थिइन् । यी दुई नेताबीच धेरै विषयहरूमा राजनैतिक छलफल भएको थियो अन्दाजा लगाइँदैछ। बैठकपछि ममता ब्यानर्जीले यस वर्ष अक्टोबर-नोभेम्बरमा हुने महाराष्ट्र विधानसभा चुनावमा उद्धव ठाकरेको शिवसेना (यूबीटी) को लागि प्रचार गर्ने पनि बताइन्।