देश - विदेशसमाचार

बीजेपीका दुईजना विधायकले दिए राजीनामा।

संवाद प्रतिविम्ब

कलकत्ता 12 मई।

पश्चिम बङ्गाल चुनावमा विजयी भएर विधायक बनेका बीजेपी पार्टीका दुईजना नेताहरूले आज विधायक पदबाट राजीनामा दिएका छन्। विधानसभा चुनाव 2021 मा बीजेपीका नवनिर्वाचित विधायक निशिथ प्रामाणिक अनि जग्गनाथ सरकारले आज विधानसभा अध्यक्ष बिमान व्यानर्जी समक्ष आफ्नो राजीनामा सुम्पेका छन्। केहीदिन अघिदेखि नै यी दुई नेताहरूका राजीनामाको अड्कलहरू लगाइंदै थिए।

आफ्नो राजीनामा सुम्पेपछि नेताद्वयले आफ्नो बयानमा भने कि सांसद अनि विधायक एकसाथ हुन नसक्ने हुनाले अनि आफ्नो पार्टीका शीर्ष नेतृत्वहरूले उनीहरूलाई सांसदकै रूपमा केन्द्रमा सेवा गर्नपर्ने निर्देश दिएको हुदाँ नै उनीहरूले विधायक पदबाट राजीनामा दिएका हुन्।

दुई नवनिर्वाचित विधायकहरूको इस्तिफाले बङ्गाल विधानसभामा बीजेपी पार्टीका अब 75 विधायक रहने छन्। तथापि दुई बीजेपी विधायकहरूले आफ्नो राजीनामा विधानसभा अध्यक्षलाई सुम्पिरहेका थिए त्यस समय उनीहरूका साथ तृणमूल काङ्ग्रेसका ठूला नेता पार्थ च्याटर्जी पनि उपस्थित रहेको कारण राजनीतिक गल्लीहरूमा धेरै अड्कल आशंकाहरू स्वाभाविक रूपमा उठिरहेका छन्।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!