देश - विदेशसमाचार

बङ्गालमा अगस्तभरि हप्तामा दुईदिन लकडाउन हुने

सम्वाद प्रतिविम्ब

दार्जीलिङ 28 जुलाई।

पश्चिम बङ्गालमा कोरोना सङ्क्रमणको बड्दो प्रकोपलाई मध्येनजर राख्दै आगामी अगस्त महिनाभरि हप्तामा दुईदिन सम्पूर्ण लकडाउन हुने राज्य सरकारले जनाएको छ। यसबारे राज्यका मुख्यमन्त्री ममता व्यानर्जी आज एक पत्रकार भेलामा जनाएकी छन्। उनले भने कि राज्यव्यापी लकडाउन अगस्त महिनाभरि हप्तामा दुईदिन कठोरतासाथ पालन गरिने छ। अगस्त 1 तारिक भने मुसलमानहरूको चाड बकरिदलाई मध्यनजर राखेर त्यसदिन लकडाउन नहुने पनि उनले जनाएकी छन्।

यस लकडाउन अवधि सबै सरकारी साथै प्राइभेट कार्यालय, वाणिज्यिक प्रतिष्ठान, सार्वजनिक र व्यक्तिगत परिवहन बन्द रहनेछन्। केवल आवश्यकीय सेवाहरू परिचालित रहने छ। न्यायालयमा कामकाज, कृषि अनि चियाकमान, अन्तराज्यीय र अन्तरराज्यीय माल ओसार-पसार अनि खाना होम डिलिभरी आदि खुल्ला रहने छ। ममता व्यानर्जी सरकारले हप्तामा दुईदिन लकडाउन अघिल्लो हप्तादेखि सुरू गरेका हुन् भने आउँदो निर्धारित लकडाउन 29 जुलाईको दिन रहने छ।

राज्यमा अगस्तभरि प्रत्येक हप्तामा दुईदिन लकडाउन हुने तारिक र दिनहरू यसप्रकार रहेका छन्-

  • अगस्त 2 अनि 5 तारिक, आइतबार र बुधबार
  • अगस्त 8 अनि 9 तारिक, शनिबार र आइतबार
  • अगस्त 16 अनि 17 तारिक, आइताबार र सोमबार
  • अगस्त 22 अनि 23 तारिक, शनिबार र आइतबार
  • अगस्त 29 अनि 30 तारिक, शनिबार र आइतबार

केन्द्रिय स्वास्थ्य विभागको रिपोर्ट अनुसार पश्चिम बङ्गालमा अहिलेसम्म 19502 जना कोरोना सङ्क्रमितहरूका उपचार भइरहेका छन् भने 1413 जनाको कोरोनाको कारण मृत्यु भइसकेका छन्। त्यसरी नै बङ्गालमा हालसम्म 39900 रोगीहरू जाती पनि भएका छन्।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Leave a Reply

Back to top button
error: Content is protected !!