सम्वाद प्रतिविम्ब
दार्जीलिङ 27 जनवरी।
आज सिलगढी तराईमा भाजपाबाट १३० र माकपाबाट ११० जना समर्थकहरु गोर्खा जनमुक्ति मोर्चामा सामेल भएको छ जसमा भाजपाको समीत चिक बडाई, मनोज चिक बडाई, रेखा बिश्वकर्मा, सन्तोष ठाकुर, योनी सोई, जैकी छेत्री साथै सीपीआईएमका सन्जिप टोप्पोको जस्ता दुवै दलका कर्मठ सदस्यहरू सामेल रहेको छ।
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ साथै महासचिव रोशन गिरी पनि उपस्थित रहेको समर्थन सभामा अल्पसंख्यक समुदायको प्रमुख संयोजक नासिर अहमद खान साथै गोजमुमोका अन्य शिर्षथ नेतृत्वहरु पनि उपस्थित रहेको थियो। सभालाई सम्बोधन गर्दै अध्यक्ष बिमल गुरुङले “झण्डा पक्रेर मात्र नहुने, तर मन बदलिनु पर्ने बताए।” अझै “तपाईंहरूको समस्याहरु बुझ्न म तपाईंहरुको घर घरमा आई पुग्नेछु, चाहे आदिवासी होस्, बंगाली होस् राजवंशी होस् चाहे जुनसुकै जातिको किन नहोस् म मेरो सन्तानको रूपमा हेरेको हुन्छु। अब अन्य दलको नेतृत्वहरूले सबक लिन सकोस् त्यस्तो प्रकारको कार्य गर्नेछु” उनले भने।
२००७ को आन्दोलनमा भिक्टिमाइज भएको आदिवासी नानीहरूलाई मैले शिक्षा दिने काम गरेको छु। र आज ती नानीहरू ले आफूलाई बड़ा भनेर आदर साथ सम्बोधन गर्ने गरेको बताउँदै आगामी दिनमा पनि यस्ता गरीब नानीहरुलाई शिक्षा दिने काम गर्ने उनले बताए। भोट मलाई दिनु होस् या नदिनु होस् तर हामीले आफुहरूलाई बचाउने काम गर्न छोड्न नहुने भन्दै आज गरीबहरु पोलीटकली भिक्टिमाइज भई रहेको र त्यस्को निम्ति हामीले स्वच्छ राजनीति गर्नु पर्ने पनि उनले बताए। आज समर्थन गरेको कसैलाई पनि धम्कि हरु आउन सक्छ होला त्यस्तो भएको खण्डमा नडराउने आह्वान गर्दै यदि भोलीको दिनमा कोई पनि स्वेच्छाले अन्य राजनीतिक दलमा जान चाहेको खण्डमा पनि आफ्नो आपत्ति नरहने किनकि सबैले स्वतन्त्रतापूर्वक राजनीति गर्न पाउनु पर्ने उनले सम्बोधनमा बताए।