क्षेत्रीय समाचारखरसाङराजनीति

सागंठनिक कार्यक्रमलाई तीब्रता दिन मन घिसिङले मङ्पू बस्यो

बैठक भारत सरकारसित गोर्खाहरु खुशी छैन – वाई लामा

मङपू ७ अगस्त।

कालो झण्डा लगाउने अभियानलाई तीब्रता दिन गोरामुमो अध्यक्ष मन घिसिङले आज मङ्पुमा बैठकको आयोजना गरे । बैठकमा दार्जीलिङ , खरसाङ , कालेबुङ अनि मिरिकका प्रतिनिधिवर्गको उपस्थिति रहेको थियो ।

बैठकमा भारत सरकारलाई चाप सृष्टि गर्नको निम्ति पहाड अनि तराईमा व्यापक रुपमा कालो झण्डा लगाउने बारे छलफल गरियो । बैठकपछि वाई लामाले पत्रकारहरुलाई सम्बोधन गर्दै भने भारत सरकारलाई गोर्खाहरु खुशी छैन भनी सन्देश दिनको निम्ति भावी रणनीति तय गर्न आज मङ्पुमा मन घिसिङको उपस्थितिमा बैठक ढाकिएको हो । भारत सरकारले गोर्खाहरुलाई न्याय दिन ढिलाइ गरेको कारण हामीले एउटा बौद्धिक आन्दोलनको शुरुआत गरेका हौं । गोर्खाहरुले आफ्नो भुमिका निभाए , मन घिसिङले चुनाव अघिसम्म गोर्खाहरुको सम्पूर्ण समस्याहरु राखिसकेका छन् । सरकार बनी सक्यो तर अब ढिलाइ गरिरहेका छन् । अब स्थायी राजनैतिक समाधान मार्फत गोर्खाहरुलाई कस्तो न्याय दिने हो अब भारत सरकारले खुलस्त पार्नुपर्छ ।

कालो झण्डा लगाउँदै गोरामुमो कार्यकर्ताहरू

पार्टी अध्यक्ष मन घिसिङले पार्टीको झण्डालाई पर सारेर स्वाभिमानी गोर्खा भएर कार्य गर्ने निर्णय गरेको जनाउँदै वाई लामाले अघि भने- वर्तमान समय पहाडमा विभिन्न प्रकारको समस्याहरु जनताले भोग्दै छन् । यसको समस्याको समाधाननै गोर्खाहरुको राजनैतिक संवैधानिक समाधान गर्नु हो यसकारण सबै एक भएर अघि आएर भारत सरकारलाई चाप सृष्टि गर्नु पर्छ । हामीले यहाँ अशान्ति गर्नुको निम्ति होइन तर गणतन्त्र भारत देशमा गोर्खाहरु खुसी छैन भन्ने जनाउन चाहेका हौं।

आगामी दिनहरुमा तीब्र गतिमा गणतान्त्रिक ढंगले कार्यक्रमहरुको आयोजना गरिने पनि वाई लामाले जानकारी दिएका छन् ।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!