क्षेत्रीय समाचारखरसाङ

संयुक्त मोर्चाको प्रार्थी उत्तम शर्माले भरे नामाङ्कन

सम्वाद प्रतिविम्ब

खरसाङ 25 मार्च।

आगामी विधान सभा चुनावको लागि खरसाङ विधान सभा समष्टिबाट सीपीआईएमको प्रार्थी एंव कंग्रेस र ईण्डियन सेकुलर फ्रण्टको संयुक्त मोर्चाद्वारा समर्थित प्रार्थी उत्तम शर्माले आज आफ्नो नामांकन पत्र भरेका छन् । उनले आफ्नो नामांकन पत्र खरसाङ महकुमा शासक आईएएस अभिषेक चौरासियालाई सुम्पेका छन्।

शर्माले नामांकन पत्र भर्नु अघि सीपीआईएम प्रार्थीको समर्थनमा खरसाङको टुरिस्ट लजबाट एक रयाली निकालिएको थियो। उक्त रयालीले खरसाङ बजार परिक्रमा गरी वर्तमान रोड हुँदै मोटरस्ट्याण्टसम्म आएर पथ सभामा परिणत भयो भने अर्कोतिर सीपीआईएमको प्रार्थी खरसाङ महकुमा शासक कार्यालय पुगेर नामांकन पत्र भर्ने कार्य गरेका छन्।

आफ्नो नामांकन पत्र भरेर आएपछि पत्रर्कारहरूसित कुराकानी गर्दै प्रार्थी उत्तम शर्माले जनताले अहिलेकोभन्दा पहिलेको सरकार नै राम्रो भन्छन् अनि कर्मचारी, मजदुर, किसान र आम जनता सबैले अहिले भोगिरहेको समस्या देखेर पहिलेको सीपीएमको सरकार नै राम्रो भन्ने गरेको ठोकुवा गरे। उनले यसपालिको विधान सभा चुनावमा आफ्नो मुख्य मुद्दा शिक्षित बेरोजगारहरूको समस्या समाधान पूरा गर्नु, सरकारी कर्मचारीहरुको रिक्त पदमा नियुक्ति गर्नु, पर्जापट्टा, , चियाबारीमा निम्नत्तम रोजगार अधिनियम लागु गराउने, पञ्चायत चुनाव गराएर पञ्चायत व्यवस्था सुधार्ने आदि रहेको बताएका छन्।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Leave a Reply

Back to top button
error: Content is protected !!