क्षेत्रीय समाचारदार्जीलिङ

श्रमिकहरूले सम्मान र अधिकार नपाइञ्जेल श्रमिक दिवस मनाउनु न्याय हुनेछैन- मन घिसिङ  

संवाद प्रतिविम्ब

दार्जीलिङ  1 मई।

 अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभरिकै श्रमिकहरुलाई शुभकामना व्यक्त  गर्दै गोरामुमो अघध्यक्ष मन घिसिङले श्रमिकहरुको न्याय, सम्मान हुन जरुरी रहेको बताएको छ भने श्रमिकहरूले सम्मान अनि न्याय नपाइञ्जेल श्रमिक दिवस मनाउनु न्यायिक कार्य नरहेको पनि उनले उल्लेख गरेको छ।

 मई दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै मन घिसिङले यसो भनेका छन्- आज हामी विश्व श्रमिक दिवस मनाउछौ तर जब सम्म उनीहरुले मान सम्मान ,हक र अधिकार पाउदैन मलाई लाग्छ विश्व श्रमिक दिवस मनाउनु न्याय हुने छैन । वर्तमान समय बिश्वमा नै कोरोना भाइरसको महामारीमा श्रमिकवर्ग नै पीडित बनेको आभास गरेकोछु । प्रथमतः म तराई , डुवर्स अनि दार्जिलिङ पहाडका चिया श्रमिकहरुको पीडालाई मैले अध्ययन गरेको छु । गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका भ्रातृ संगठन हिमालयन प्लान्टेसन वर्कर्स युनियनले चिया श्रमिकहरुको हक र अधिकार निम्ति लगातार कार्य गरिरहेका छन् । न्युनतम रोजदर संगै चियाबारीमा भएको विभिन्न समस्याहरुलाई लिएर एचपीडब्लूयुले दिन रात कार्य गरिरहेका छन् । न्यूनतम रोजदर सम्बन्धित OSH बील पास भएको छ र यस बीलको कानुनी प्रक्रिया जारी रहेको कारण चाडै नै  लागु हुनेछ । म विश्वास गर्दछु अब चिया श्रमिकहरुले न्याय पाउनेछ  साथै यस बीलमार्फत अन्य क्षेत्रमा संग्लन श्रमिकहरुले पनि न्याय पाउनेछ। चिया श्रमिकहरुको न्युनतम रोजदरको निम्ति सांसद राजु बिष्ट अनि  एचपीडब्लूयुले जुन भुमिका निभाएको छ त्यसको निम्ति म आभारी छु।

 घिसिङले कोरोनाको संक्रमणबाट आफ्नो श्रमिकहरूलाई सुरक्षित राख्ने तथा यस अवधिका सबै तनाखाहरू पनि प्रदान गरिदिने विभिन्न व्यवसायीहरूलाई अपील गरेका छन्। उक्त सन्दर्भमा उनले यसो भनेका छन् -पहाड,तराई ,डुवर्स अनि मधेशका सम्पूर्ण चिया बगानका मालिकवर्ग, होटेल व्यवसायी, गाडी मालिक, ससाना उद्योगवर्गका मालिकवर्गलाई अन्य व्यवसायीहरुमा संग्लन सम्पूर्ण मालिकवर्गलाई निवेदन गर्दछु तपाईहरुले यस महामारीमा तपाईहरुकोमा कार्यरत् श्रमिकहरुलाई कोरोना भाइरसको प्रकोपदेखि बचाउन सही दिशानिर्देश अनि सुरक्षा प्रदान गर्नुहोस्। साथै यस महामारी  अवधिको बेतन , दैनिक हाजिरा उपलब्ध गराईदिनुहोस्। ताकि सम्पूर्ण श्रमिकवर्गको घरमा खुशी छाएको होस् ।

 यसबाहेक कोरोनाको महामारीमा सबैजनालाई सचेत अनि सुरक्षित बसिदिने आग्रह पनि मन घिसिङले गरेका छन्।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!