क्षेत्रीय समाचारखरसाङ

विमलपन्थी र गोरामुमो समर्थकहरूले जनाए विनय खेमालाई समर्थन

सम्वाद प्रतिविम्ब

खरसाङ 30 अक्टोबर।

तीनधारेको बीस माइलक्षेत्रमा गोजमुमोको एक सभामा तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रबाट विमलपन्थी गोजमुमो र गोरामुमोबाट धेरै संख्यामा समर्थकहरू गोजमुमो विनय पन्थी गोजमुमोमा सामेल भएका छन्।

गोजमुमो अध्यक्ष विनय तामाङ र महासिचव अनित थापाको नयाँ सोच र नयाँ सोचलाई समर्थन गर्दै विमलपन्थी गोजमुमो र गोरामुमोबाट जम्मा 35 घर गोजमुमोमा सामेल भएको दाबी गरिएको छ।  समर्थन जनाउनेहरूले विमल गुरुङले व्यक्तिगत स्वार्थ र चौकीको लागि मात्र अघि आएको प्रमाणित भएको र अब जनताले उनलाई स्वीकार नगर्ने पनि बताएका छन्। स्मृति बनमा सम्पन्न समर्थन सभामा गोरामुमो र बिमलपन्थीबाट समर्थन जनाउनेहरूलाई गोजमुमोको पदाधिकारीहरूले पार्टीको झण्डाहरू प्रदान गरी स्वागत जनाएका  छन्। यस सभामा गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टीको कार्यकारी सभापति सीबी राई, तीनधारेको संयोजक कर्म मोक्तान, युवा मोर्चाका खरसाङ महकुमा समितिको सांगठनिक सचिव अमीर प्रधान, तीनधारे महानदी समष्टीको संयोजकहरू केवल राई, प्रकाश थापा र साजन दर्जी लगायत विभिन्न बुथ कमिटीको पदाधिकारीहरू र कार्यकर्ताहरू पनि उपस्थित थिए।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Leave a Reply

Back to top button
error: Content is protected !!