संवाद प्रतिविम्ब
दार्जीलिङ 28 जून।
गोरामुमो रंगबुल धोतरिया रंगबुल समष्टि अन्तर्गत लोवर कलेजभेल्ली अन्तर्गत मिलिङ चियाबारी डाँडा गाउँ निवासी राजमान थापा अनि देवान थापाको घर अविरल बर्षाको कारण पैह्रो आएर क्षतिग्रस्त भएको एचपीडब्ल्युका अध्यक्ष मिलिङ चियाबारी निवासी डीके गुरुङले जानकारी दिएका छन् ।
उनले थप जानकारी दिएअनुसार विगत केही दिन अघि मिलिङ चियाबारीमा पैह्रोको कारण क्षतिग्रस्त भएको घर-परिवारलाई सहयोग पुर्याउन विधायक निरज जिम्बालाई जानकारी दिएअनुसार विधायक निरज जिम्बाले गोरामुमो जनचेतना संघर्ष समितिका अध्यक्षा मञ्जिला तामाङ साथै उनको टोलीलाई निरीक्षण गर्नको निम्ति पठाएर पीडित परिवारहरुलाई राहत स्वरुप खाद्य सामाग्री साथै तारपोलिन बितरण गरेको डिके गुरुङले जानकारी दिएका छन् ।
उक्त क्षेत्रमा सडक मार्गको धेरै समस्या भएको कारण स्थानीय मिलिङ चियाबारीका महिलाले गुनासो पोख्दै भने, सुबास घिसिङको पालोमा बनिएको सडक मार्गलाई अहिले सम्म मर्मती नगरेको हामी गोरामुमो समर्थक भएको कारण हामी धेरै ओझेलमा परेका छौ । मिलिङ चियाबारीमा 6 वटा गाउँ छन् जसमध्ये डाडा गाउँलाई राजनैतिक थिचोमिचो गरेका छन् अन्य गाउँहरुमा जिटीए मार्फत सडक मार्ग बनिएका छन् । उनले बिधायक निरज जिम्बालाई अपिल गर्दै हाम्रो गाउँको निम्ति यस सडक मार्गलाई निर्माण गरिदिए असल हुने थियो भनी एक भिडियो सन्देश जारी गर्दै भने ।