सम्वाद प्रतिविम्ब
बिजनबारी 25 जुलाई।
दार्जीलिङका भाजपा विधायक निरज जिम्बा एकजना विधायक भएर जिम्मेवारी निभाउनु पर्ने बेलामा आफ्नो कार्यकाल अवधिमा हल्ला मात्र गरिरहेको छ भन्ने आरोप हिल तृणमूल कंग्रेस युवा एकाईका सचिव रमेश कड़रियाले लगाएका छन्।
गत केही दिनअघि मात्र हाम्रो छिमेकी राज्य सिक्किमका गोर्खा दाजु-भाइ एवं दिदी-बहिनीहरुलाई एउटा च्यादरमा बिक्री हुने भनेर होच्याउनु भएको थियो। उक्त वक्तव्य सम्पूर्ण भारतभरि छरिएर बसेका गोर्खाहरुको लागि कलङ्क हो, कड़ँरियाले विधायक निरज जिम्बाप्रति टिप्पणी गर्दै यसो भनेका छन्।
यसबाहेक दार्जीलिङका सांसद राजु विष्ट अनि विधायक निरज जिम्बाले चुनाउ अघि मिलेर महाकाल बाबाको कसम खाएर गोर्खाको सपना मेरो सपना साथै गोर्खाहरुको स्थायी राजनैतिक समस्याको समाधान पूरा गर्छु भनेर वचन दिएका थिए । तर यसको सट्टा अहिले केन्द्रमा रहेको भाजपा सरकार गोर्खाहरुप्रति ईमान्दार नरहेको देखेर विधायक निरज जिम्बाले आफ्नो विधायक पदबाट राजिनामा दिन्छु भन्दैछ। यो एउटा प्रोपगाण्ड मात्र हो । आउँदो विधानसभाको चुनाउ हेरेर फेरि अर्कोचोटि विधायक हुन खोजेको हो भन्दै अब जनता सचेत रहनुपर्छ भनी कडँरियाले आह्वान गरेका छन्।