क्षेत्रीय समाचारखरसाङ

युवा मोर्चा तीनधारे महानदी समष्टी स्तरीय कमिटी गठन

सम्वाद प्रतिविम्ब

खरसाङ 30 नोभेम्बर।

गोर्खा जनमुक्ति युवा मोर्चाका तीनधारे महानदी समष्टी स्तरीय कमिटी गठन गरिएको छ। युवा मोर्चा तीनधारे महानदी समष्टीको सांगठनिक सभा तीनधारेको 20 माइलस्थित स्मृति बनमा युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष निरेन लामाको अध्यक्षतामा सम्पन्न भयो।

सभालाई सञ्चालन गर्दै बिपन विश्वकर्मले सभाको मुख्य उद्देश्य विषयमा बताएका थिए। सभालाई युवा मोर्चाका खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ, महकुमाको प्रचार प्रसार सचिव रोशनहाङ सुब्बा, युवा मोर्चाका तीनधारे महानदी समष्टीको संयोजक प्रकाश थापा, महकुमा सदस्य अमीर प्रधान, रञ्जित थापा आदिले पनि सम्बोधन गरेका थिए। यसै सभामा युवा मोर्चाका तीनधारे महानदी समष्टी स्तरीय कमिटी गठन गरिएको छ।

उक्त कमिटीमा सभापति केवल राई, कार्यकारी सभापति निखिल छेत्री, उप सभापति कपिल सुब्बा, सञ्जीव सुब्बा, रोहित दर्जी, सचिव संजीव मंगर, सह सचिवमा जलदीप छेत्री, प्रकाश थापा, समीर प्रधान, सांगठनिक सचिव सोनाम लामा र अमर गुरुङ, कोषाध्यक्ष बिशन सेवा, सह कोषाध्यक्ष रंजित तामाङ, सल्लाहकारमा राजु छेत्री, पुरण लामा, निर्मल तामाङ, उपेन राई, समीर आदि चयन भएका छन्।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Leave a Reply

Back to top button
error: Content is protected !!