क्षेत्रीय समाचारखरसाङ

म घाइँते बाघ भएको छु,  जे पनि गर्न सक्छु-नगरपालिका अध्यक्ष

खरसाङ नगरपालिका अध्यक्षविरूद्ध ल्याइयो अविश्वास प्रस्ताव

संवाद प्रतिविम्ब

खरसाङ 17 मई।

म घाइँते बाघ भएको छु,  जे पनि गर्न सक्छु, आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याइएपछि नगरपालिका अध्यक्ष कृष्ण लिम्बुले यसो भनेका छन्। गोजमुमो विनय खेमाका महासचिव अनित थापाले खरसाङ नगरपालिका चेयरम्यान कृष्ण लिम्बुलाई पदबाट हटाएर हिजो ब्रिगेन गुरुङलाई चेयरम्यान बनाइएको घोषणा गरेको लगत्तैपछि आज खरसाङ नगरपालिकाको वार्ड पार्षदहरूको समूहले ‘भोट अफ् नो कन्फिडेन्ट मोशन’ (अविश्वास पत्र) नगरपालिका अद्यक्ष कृष्ण लिम्बुलाई सुम्पिएका थिए।  लिम्बुले उक्त अविश्वास प्रस्तावलाई स्वीकार गरेपछि उनले उक्त बयान दिएका हुन्।

गोजमुमो विनय खेमा पक्षका नगरपालिका बोर्डको अध्यक्ष रहेर पनि उनले हिजो अनि आजसम्म विमल गुरूङ पक्षका रहेको दावी समेत गरे भने अबउसो भने तृणमूल कंग्रेसमा सामेल भएर नगरपालिका बोर्डमा एकजना विपक्षी भएर बस्नेसमेत उनले बताएका छन्। आफूविरूद्ध अविश्वासप्रस्ताव ल्याइएकोमा निक्कै राक्किँएका कृष्ण लिम्बुले भने- म डराउने मान्छे हैन, म आज पनि विमलको मान्छे, भोलि पनि विमलको मान्छे हुँ। म तपाईहरूलाई सीधै भन्दैछु, भोलिदेखि म तृणमूलमा पस्छु। 17 वर्षदेखि राजनीति गर्दै आएको म, अब भोलिदेखि झन् डरलाग्दो हुन्छु। अब म बाघजस्तो हुन्छु। घाइँते बाघ भएको छु म।

हालैको विधायक भोटमा हारेपछि आफूलाई भिक्टिमाइज्ड गरिएको आरोप पनि लिम्बुले लगाएका छन्। कृष्ण लिम्बुले अनित थापामाथि बर्षिदै 2017 मा चुनाव जितेर आएपछि बोर्डको मिटिङमा नआएकोमा जेल हालेको आरोप लगाए। यसपालि पनि कोविडको बेला स्ट्रेचर छैन भन्दै आफूलाई भिक्टिमाइज गरेको पनि उनले आरोप लगाए।

अर्कोतिर भोट अफ् नो कन्फिडेन्ट’ पत्र बुझाएपश्चात् प्रस्तावित नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै नगरपालिका अध्यक्षको पद गरिमामय पद रहेको र पूर्व अध्यक्ष कृष्ण लिम्बुको काम गर्ने तरीकाले नगरपालिका बोर्डकोमात्रै नभएर नगरपालिकाको बदनाम भएकोले नै हिजो अनित थापाले आफ्नो पार्टीको पार्षदहरूको सहयोगमा सानो परिवर्तन मात्रै गरेको बताएका छन्।

हामीले कृष्ण लिम्बुको अगुवाईमा नै काम गरिरहेका थियौं, तर केही समय अघिदेखि के भइरहेको थियो त्यो सबै भनिहाल्न मिल्दैन। केही दिन अघि कोरोनाले मृत्यु भएको महिलाको शव विषयले केही अप्ठ्यारो  परेको थियो। यसबाहेक चेयरम्यान केही समयदेखि अस्वस्थ्य पनि छन् र कतिवटा निर्णय सठीक समयमा भएन जसको कारण जनतामा नगपालिकाको इमेज नराम्रो भयो। यसैले खरसाङ नगरपालिका बदनाम पनि भयो। चेयरम्यानको पद गरिमामय पद हो र उनको कामले हामी बोर्डको मात्रै होइन नगरपालिकाको बदनाम हुने भएकोले हिजो गोजमुमो विनयपन्थीको महासचिव अनित थापाले आफ्नो पार्टीको पार्षदहरूको सहयोगमा सानो परिवर्तन मात्रै गरेका हुन्। आज हामीले चेयरम्यान पदबाट मात्र हटाउन यो प्रस्ताव ल्याएका हौं, तर उनी पार्षद रहन्छन् र हामी मिलेर कार्य गर्नेछौं, पत्रकारहरूलाई सम्बोधन गर्दै ब्रिगेन गुरूङले यसो भने।

 

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!