संवाद प्रतिविम्ब
सोनादा 21 नोभेम्बर ।
एमडी राईको नेतृत्वमा मार्गरेट्स होपमा 50 घर हिल तृणमूल कंग्रेसमा सामेल भएका छन्। मार्गरेट्स होपको दोकान डाँड़ामा एक कार्यक्रमबीच मार्गरेट्स होप क्षेत्रका 50 भन्दा बेसी घरहरू एमडी राईको अगुवाईमा हिल तृणमूलमा कंग्रेसमा सामेल भएका छन्। उक्त समर्थन कार्यक्रममा हिल तृणमूल कंग्रेसको महासचिव एनबी खवास, जिल्ला सदस्य कल्याण कुमार तामाङ, सुखिया पोखरी खण्ड सभापति एसके राई, किरण राई, प्रदीप सुब्बा लगायत अन्यहरू उपस्थित रहेका थिए।
यस समर्थन विषयमा पत्रकारहरूसित बोल्दै हिल तृणमूल कंग्रेसको महासचिव एनबी खवासले अहिले तृणमूल कंग्रेसमा सामेल हुने भेल आएको छ भन्दै मार्गरेट्स होप क्षेत्रबाट 50 हजारभन्दा बेसी घरहरू सामेल भएको दाबी गरेका छन्। उनले मार्गरेट्स होपमा एमडी राईको अगुवाईमा 50 घरभन्दा बेसी सामेल भएको बताउँदै जुन प्रकारले क्षेत्रीय दलहरूले कुनै दर्शनबिना नै केवल आफ्नो वर्चश्यको राजनीति गरेको कारणले तृणमूल कंग्रेसको नेत्री ममता ब्यानर्जीको कार्य गराई र भिजनलाई हेरेर पार्टीमा सामेल भएको बताए। उनले आगामी दिनमा यी क्षेत्रहरू जस्तै मार्गरेट्स होप, बालासन, रिंगटङ आदिमा तृणमूल कंग्रेसमा सामेल हुने क्रम बढ़्ने पनि बताए।
त्यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै एमडी राईले हामी सबैजना मुख्यमन्त्री ममता ब्यानर्जीको कार्य गराई र भिजनलाई हेरेर मार्गरेट्स होपबाट 50 भन्दा बेसी घरहरू हिल तृणमूलमा सामेल भएको बताए। उनले हिल तृणमूल कंग्रेसको नेतृत्वहरूलाई धन्यवाद दिन्दै आगामी दिनमा यस क्षेत्रबाट अझ धेरै तृणमूलमा सामेल हुने सम्भावना रहेको पनि बताएका छन्। राईले हामीसित केवल सपना मात्र देखाइयो तर यथार्थको राजनीति केवल मुख्यमन्त्री ममताले गरेको र आफुहरू पार्टीमा सामेल भएको बताए।