दार्जीलिङ 9 मार्च ।
श्रमिकहरूलाई लथालिङ बनाएर जाने बगान मालिकलाई मामरिङ चिया बगानको श्रमिक हरूले स्वीकार नगर्ने भएको छ। मामरिङ चिया बगानहरूमा कार्यरत् श्रमिकहरूले गत 6 महिनादेखि आफुहरूले गरेको कामको दाम पाएको छैन,त्यसरी नै स्टाफ सव स्टाफहरूले गत 9 महिनादेखि बेतनहरू पाएका थिएन।
यस विषयमाथि बगानमा निराशा छाई रहेका थिए।गत तीन दिन अधि बगानको प्रबन्धकहरू ले कसैलाई खबर नदिई बगान छोडेर गएपछि आज पश्चिम बंगाल सरकारको अतिरिक्त श्रमायुक्तले बैठक बोलाएको थियो।आयोजित बैठकमा पहाडको प्रायः जसो श्रमिक संगठनहरूले अंश ग्रहण गरेता पनि मालिक पक्षबाट कुनै पदाधिकारीहरूको उपस्थिति नरहेको हिल जोइण्ट फोरमले बताएको छ।एक घण्टा भन्दा लामो समयसम्म चलेको बैठकपछि हिल जोइण्ट फोरमले पत्रकारहरूलाई सम्बोधन गर्दै मामरिङ चिया बगानमा 16 सय जति श्रमिकहरू कार्यरत रहेको जनाए तर यी चिया श्रमिकहरूले गत 6 महिनादेखि आफुहरूले गरेको कामको दाम पाएको थिएन,त्यसरी नै स्टाफ सव स्टाफ हरूले पनि गत 9 महिनादेखि बेतन पाएका थिएन।
यसैबीच गत तीन दिन अघि बगानको प्रबन्धकहरूले कसैलाई भनक समेत लाग्न नदिई बगान छोडेर गएको फोरमले बताए।यी विषयहरूलाई लिएर आज पश्चिम बंगाल सरकारको अतिरिक्त श्रमायुक्तले स्थानीय कार्यलयमा बैठक बोलाएको थियो।बैठकमा पहाडको प्रायः जसो श्रमिक संगठनहरूले अंश ग्रहण गरेता पनि मालिक पक्षबाट कोही पदाधिकारीहरूको उपस्थिति नरहेको जोइण्ट फोरमले बताए। आजको बैठकमा मामरिङ चिया बगानमा 6 महिनादेखि रोजी उर्फ खर्च नदिएको हुनाले त्यहाँका श्रमिकहरूको अवस्था अति नै सोचनीय अवस्थामा रहेको हुनाले सरकारले अविलम्ब पहल गरेर फौलाई जारी गर्नु पर्ने मांग गरिएको बताए।
त्यसरी नै प्रबन्धकहरूले बगान छोडेर गएपछि कार्यलयमा रहेको दस्तावेजहरूको सुरक्षाको निम्ति सरकारले कदम उठाउनु पर्ने,श्रमिकहरूलाई लथालिङ बनाएर भागेर जाने कम्पनीलाई श्रमिकहरूले स्वीकार्ने छैन त्यसकारण सरकारले अर्को कम्पनी खोचेर बगानको संचालन गर्नु पर्ने,चिया श्रमिकहरूको बर्तमान स्थितिमाथि ध्यानमा राख्दै सरकारले राहत वितरणको कार्य गर्नुपर्ने माग गरिएको थियो अनि यी विषयहरूमाथि नै प्रस्ताव ग्रहण गरिएको जोइण्ट फोरमले बताए।