संवाद प्रतिविम्ब
दार्जीलिङ 26 अगस्त।
बन्सल कम्पनीका दशवटा चियाबगानका चियाश्रमिकहरूको क्षतिपूर्ती बगान बन्दको घोषणा गर्नेले नै बेहोर्नुपर्छ भन्दै सबै राजनैतिक दलका श्रमिक संगठनहरू एकजुट भएर दार्जीलिङका जिल्लाशासक एवं जीटीएका मुख्य सचिव एम पुनमबालमसित भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा गोजमुमो, क्रामाकपा, हाम्रो पार्टीलगायत अन्य राजनैतिक दलका श्रमिक संगठनका नेताहरूसितै हाम्रो पार्टी अध्यक्ष एवं सभासद् अजय एडवर्ड स्वयँ पनि उपस्थित रहेका थिए।
बन्द चिया कमानको क्षतिपूर्ति भागोप्रमो र उसको श्रमिक संगठनले बेहोर्नुपर्ने संयुक्त श्रमिक संगठनले माग गरेको छ। विगत केही महिना अघिदेखि बन्सल ग्रुप अन्तर्गत दशवटा चिया बगानहरूमा कार्यरत् श्रमिकहरूले खर्च,बेतन पाएको छैन। यस सन्दर्भमा गत केही दिन अधि जीटीए मुख्यालय लालकोठीमा जीटीए चीफ अनित थापाको उपस्थितिमा एक बैठक डाकिएको थियो अनि उक्त बैठकमा दार्जीलिङ जिल्लाधिकारी लगायत भागोप्रमोको श्रमिक संगठनको नेतृत्वहरूको उपस्थित रहेको थियो। बैठकमा बन्सल कम्पनी अन्तर्गत दशवटा चिया बगानहरू बन्द राख्ने निर्णय लिएका थिए। हामीले उक्त निर्णयको विरोध जनाउँदै आइरहेका थियौ भन्दै संयुक्त श्रमिक संगठन को पक्षबाट सुनिल राईले पत्रकारहरूलाई बताएका छन्।
स्थानीस दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै राईले अघि भने- जीटीएको मुख्यालय लालकोठीमा डाकिएको बैठकमा भागोप्रमो अनि उनको श्रमिक संगठनको नेतृत्वहरू उपस्थित रहेका थिए। हामी चिया बगान बन्दको पक्षमा छैनौ । दशैं आउँन लाग्यो, दशैंको मुखमा चिया बगान बन्द गर्दा त्यसको बोझ श्रमिकहरूलाई पर्न जान्छ। बन्दको कारणले गर्दा श्रमिकहरूले पाउने रोजीहरूको कटौती हुन्छ,त्यसमाथि पूजा बोनस,पीएफ आदि जस्ता विषयहरूमा पनि श्रमिकहरूले नोक्सानी उठाउनुपर्ने हुन्छ राईले भने । भागोप्रमोको श्रमिक संगठन छोडेर बाकी सबै श्रमिक संगठनहरूले बगान खोल्न पर्ने मागहरू गर्दै श्रम मन्त्रालयदेखि लिएर सम्बन्धित विभागीय अधिकारीहरूलाई पत्राचार गर्ने कामहरू गरी सकेको छ।
भागोप्रमोको श्रमिक संगठनले गर्दै आएको धरना प्रदर्शनको मुख्य कारण बन्द चिया बगानहरूमा श्रमिकहरूले हरियो पत्ती टिपेर बेच्न पाउनु पर्छ भन्ने माग पत्र चढाएको सुनिल राईले आरोप लगाए। उनले स्पष्ट शब्दमा भने भागोप्रमोको श्रमिक संगठनले चढाएको अर्जी पत्र आफूसगं रहेको दावी पनि गरयो। बन्सल ग्रुपले बगान चलाउन सक्दैन भने राज्य सरकारले आफ्नो अधीनमा ल्याएर सञ्चालन गर्नुपर्छ भन्ने माग गरयो।
गत 2019 एवं 2020 मा कोविड संक्रमणको अवधि जीटीए रिलिफ फ्रण्डमा संग्रह भएको धनराशि बन्द 10 वटा चिया बगानहरूमा वितरण गरिनुपर्छ भन्ने माग पनि राख्यो। संयुक्त श्रमिक संगठनको टोलीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डस् पनि सामेल थिए अनि जिल्लाधिकारी समक्ष श्रमिकहरूले भोग्न परिरहेको समस्याहरूमाथि प्रशासनले शीघ्र कदम उठाउनु पर्ने माग पनि राख्यो।