क्षेत्रीय समाचारखरसाङ

भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक कमिटी अन्तर्गत घैयाबारी शाखाको आयोजनामा बलिदान दिवस पालन

संवाद प्रतिविम्ब

खरसाङ 25 अगस्त।

भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक कमिटी अन्तर्गत घैयाबारी शाखाको आयोजनामा आज खरसाङको घैयाबारीमा बलिदान दिवस कार्यक्रम सम्पन्न गरिएको छ।

भागोप खरसाङ आञ्चलिक कमिटीको अध्यक्ष सहदेव चामलिङको अध्यक्षता र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख अातिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत सम्भाषण भागोप घैयाबारी शाखाको उपाध्यक्ष हेमराज गुरुङले राखेका थिए भने सञ्चालन भागोप घैयाबारी शाखाको सचिव जयराज थापाले गरेका थिए।

सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूद्वारा शहीद दुर्गा मल्लको तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गर्दै शुरु गरिएको कार्यक्रममा भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक कमिटीको पदाधिकारीहरूले भागोपको उदबोधन गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न स्कूलहरूका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। यस अन्तर्गत घैयाबारीका विद्यालयहरू क्रमैले नेताजी हाई स्कूल, ब्लु डाईमण्ड स्कूल, ज्याप डोभियल एकाडेमीका विद्यार्थीहरूले देशभक्ति गीत, कविता, नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा नेताजी हाई स्कूलको शिक्षक प्रभारी दिनेश प्रधान, ब्लु डाईमण्ड स्कूलकी प्रचार्य मार्थारानी राई, तिलक शर्मा, ग्याल्पो लामा, सोनु पाख्रिन, सुरेशचन्द्र दर्नाल अादिले वक्तव्य राखेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भागोप खरसाङ आञ्चलिक कमिटीको सचिव देविका मंग्राती राई, पूर्व सभासद प्रभा छेत्री, तिलक शर्मा, ग्याल्पो लामा, रश्मी राई,  शान्ति तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। आजको बलिदान दिवस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा परिसंघ घैयाबारी शाखाको सचिव जयराज थापाले विस्तृत रुपमा जानकारी गराएका छन् ।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!