सम्वाद प्रतिविम्ब
दार्जीलिङ 26 जून।
कोरोना भाइरस प्रकोप सुरू भएपछि देशभरमा लकडाउन सुरू भएको थियो। लकडाउन सुरू हन अघि नै धेरै राज्यहरूका स्कूल, कलेज बन्द गरिएका थिए जसका कारण कतिपय बोर्ड परीक्षाहरू पनि स्थगित भएका थिए। अनलाक-1 सुरू भएपछि CBSE अनि ICSE बोर्डहरूले लकडाउनको कारण स्थगित भएका रहल परीक्षाहरू गराउने तयारी गरिरहेका थिए भने परीक्षाको तारिख पनि घोषणा भएका थिए।
त्यसरी नै पश्चिम बङ्ग उच्चतर माध्यमिक शिक्षा परिषदद्वारा आयोजित हुने बाह्रौं श्रेणीका रहल परीक्षा पनि आउँदो जुलाई महिनाको 2, 6 र 8 तारिख हुने भनिएको थियो। अहिले कोरोना भाइरसको बड्दो प्रकोपलाई मध्यनजर राखेर कान्द्रिय सरकार प्रदत्त परीक्षाहरू रद्द गर्ने निर्णय ICSE र CBSE बोर्डले लिएको थियो। यसको लगत्तै एकदिन पछि पश्चिम बङ्गाल सरकारले पनि राज्यमा अब उच्चतर माध्यमिक परीक्षा रद्द गर्ने निर्णय लिएको छ।
आज एउटा पत्रकार सम्मेलनमा राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीले सरकारले उच्चतर माध्यमिक परीक्षाको रहल परीक्षाहरू रद्द गर्ने निर्णय लिएको जनाए। उनले अझ बताए कि राज्यमा बड्दो कोरोना सङ्क्रमणको प्रकोपलाई मध्य नजर राख्दै यस्ता निर्णय लिइएको जनाए। अब जुन विद्यार्थीहरूले जतिवटा परीक्षा बसेका छन् त्यसमा पाएको मार्क्सको औसत हेरेर रहल बस्नपर्ने परीक्षाको अङ्क दिइने पद्दतिमा परीक्षाफल निकाल्ने फर्मुला बनाइने विषयमा चाँडै निर्णय लिइने पनि उनले जनाएका छन्।