सम्वाद प्रतिविम्ब
दार्जीलिङ, 31 जनवरी।
खरसाङ महकुमा अन्तर्गत तीनधारेको गोलाई पाखाको युवा मोर्चाका आयोजनामा आजदेखि तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा नगदराशि राधा कृष्ण फुटबल टुर्नामेन्ट शुरु भएको छ। आजको उदघाटन खेल भिक्टोरिया बोइस खरसाङ र धमाल एफसी शिवमन्दिरमाझ सम्पन्न भयो ।
उक्त खेलमा पहिलो हाफमा दुवैपट्टि एक एक गोल भयो भने दोस्रो हाफको खेलमा पनि दुवै टिममा 1-1 गोलमा ड्र रहेको थियो। दुवैपट्टि निर्धारित समयसम्म 1-1 गोलमा खेल समाप्त भएपछि पेनल्टी शुटआउटमा शिवमन्दिर बिजय बनेर दोस्रो चरणमा प्रवेस गरेको छ। आजको खेलमा मुख्य अतिथिको रुपमा युवा मोर्चाका खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ उपस्थित थिए । आजदेखि शुरु भएको राधा कृष्ण फुटबल टुर्नामेन्टको विषयमा आयोजक समितिको पक्षमा शुभम प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।
फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्