दार्जिलिंग 31 मई।
अवैध खनन कार्य विरूद्व कार्वाही गरिनुपर्ने माग गर्दै हाम्रो पार्टी अध्यक्ष एवं सभासद अजय एडवर्डले लेख्यो कालेबुङ जिल्लाधिकारीलाई पत्र। एडवर्डले कालेबुङ जिल्लाधिकारीलाई लेखेको उक्त पत्रमा बर्खायाम शुरू हुन लागेको भएतापनि रेली खोलामा बलुवा गिट्टीको खनन कार्य आजसम्म जारी रहेको जानकारी गराउँदै उक्त खनन कार्यमा रोक लगाउनुपर्ने तथा तुरून्तै विभागीय तौरमा कार्वाही गरिनुपर्ने माग गरिएको छ।
सन् 2016 मा वन तथा जलवायु परिवर्तन मन्त्रलयले बर्खायाम शुरू हुन अधि नै खोला एवं नदीहरूमा खनन कार्यमाथि रोक लगाउने निर्देश जारी गरेको छ तर कालेबुङको रेली खोलामा बालुवा गिटटीको खनन कार्य आज पनि यथावत् राखेको हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले कालेबुङ जिल्लाशासकलाई लेखेको पत्रमा उलेख गरेका छन।
रेली खोलामा भइरहेको खनन कार्यमाथि चिन्ता ब्यक्त गर्दै उनले यस्ता कम्पनीहरू विरूद्व कार्वाही गर्ने माग गरेका छन्। बर्खायाम शुरू हुन पूर्व नै यस्ता खनन कार्यहरूमाथि रोक नलगाएको खण्डमा यसका वरिपरि क्षेत्रहरूमा प्राकृतिक प्रकोप आदि जस्ता दुर्घटनाहरू घट्न सक्ने एडवर्डले आशंका प्रकट गरेका छन।
अवैध खनन कार्यको विषयलाई गम्भीरतासंग लिएर तुरून्तै कार्वाही गरिनुपर्ने माग गर्दै एडवर्डले रेली खोलाको बगरमा बलुवा गिट्टीको निम्ति खनन कार्य भइरहेको भिडियो फुटेज आफुले 29 मई 2024 को सार्वजनिक गरिसकेको बताएका छन।
रेली खोलामा भइरहेको खनन कार्यले प्राकृतिक प्रकोप निम्ताउन सक्ने आशंका ब्यक्त गर्दै खनन कार्यमाथि अविलम्ब रोक लगाउनु पर्ने जनताको पनि माग रहेको उल्लेक गर्दै कालेबुङलाई प्राकृतिक प्रकोपदेखि जोगाउन साथै जनताको आवाजलाई ध्यान पूर्वक सुनेर खनन कार्यमाथि रोक लगाउने अपील एडवर्डले पत्रमार्फत् कालेबुङ जिल्लाशासकलाई अपील गरेका छन्।