पिङ्की विश्वकर्मा
अध्यक्षा, नमस्ते फाउण्डेशन
घाउ निकै थियो। त्यसैले अस्पतालमा उपचारको निम्ति लगिएको खबर पाएपछि नमस्ते फाउण्डेशनका सदस्यहरू आ-आफ्नो समय मिलाएर पालैसँग उसलाई स्याहार सुसार गरिरहेका थिए। दुई दिन निकै साह्रो थियो। तरल खाना पनि निल्नु मुस्किल परिरहेको थियो उसलाई। यतिबेला उसले घरि-घरि नमस्ते फाउण्डेशनको सदस्य जोसन योञ्जनको नाम लिइरहेको थियो।जोसन योञ्जन पुनमको साथी वा दाजु जस्तै भइसकेको थियो। अन्तमा अस्तिको राती जीवनदेखि हारेर पुनमले अन्तिम सास फेरेछ भन्ने दुखद खबर पायौँ।
बजारको शौचालय छेवैको बाटोमा भीख माग्न बस्ने र राती अलिक वर कुनामा सुत्ने गर्थे पुनम। कहिल्यै सोधेनौ उ कुन धर्म र जातको। शारीरिक रूपमा असक्षम पुनमलाई कतै आश्रममा लाने निधो नगरेको पनि होइन तर उ स्वंयले यसरी नै बस्ने इच्छा गरेपछि नमस्ते फाउन्डेसनले उसको शारीरिक साफ-सफाई र स्वास्थ्यको हेरचाह गर्दै आएको हो। फाउन्डेसनसँग लगभग सात बर्षको सम्बन्ध र सम्पर्कमा आएको पुनम कति पटक अस्पतालमा लगिएको र स्वास्थ्य सुधार भएपछि छुट्टी दिएको त कति पटक आफै घस्रँदै भागेको पनि हो।
दार्जीलिङ हो यतिबेला ठण्डा चौपटै हुन्छ। यस्तै ठण्डासित जुझ्न आगो ताप्दै निदाएको बेला कतिबेला उसको शरीरको आधा खुट्टा जलेछ।
घाउ निकै थियो। त्यसैले अस्पतालमा उपचारको निम्ति लगिएको खबर पाएपछि नमस्ते फाउण्डेशनका सदस्यहरू आ-आफ्नो समय मिलाएर पालैसँग उसलाई स्याहार सुसार गरिरहेका थिए। दुई दिन निकै साह्रो थियो। तरल खाना पनि निल्नु मुस्किल परिरहेको थियो उसलाई। यतिबेला उसले घरि-घरि नमस्ते फाउण्डेशनको सदस्य जोसन योञ्जनको नाम लिइरहेको थियो।जोसन योञ्जन पुनमको साथी वा दाजु जस्तै भइसकेको थियो। अन्तमा अस्तिको राती जीवनदेखि हारेर पुनमले अन्तिम सास फेरेछ भन्ने दुखद खबर पायौँ।
यसपटक भने पुनमको पार्थिव शरीरलाई नमस्ते फाउन्डेसनले अन्तिम संस्कार गर्दै श्रद्धाञ्जली दिनदेखि चुक्यौं। अन्यबाट नै उसको अन्तिम संस्कार भइसकेपछि मात्रै नमस्ते फाउन्डेसनलाई जानकारी भयो। अरूबेला साथ भएर यस्तो बेलामा चैँ उसको साथमा नहुनु भनेको फाउन्डेसनको लागि मात्र होइन मृत आत्माको लागि एकदमै दुखलाग्दो कुरो पक्कै हो। तर जे नहुनु थियो भइगयो।
नमस्ते फाउन्डेसन अन्तिम संस्कार गरिदिनेहरूप्रति आभार प्रकट गर्दै दिवंगत पुनमको बैकुण्ड बास होस् भनेर आत्मशान्तिको प्रार्थना सहित कामना गर्दछौँ।