क्षेत्रीय समाचारदार्जीलिङ

दार्जीलिङ जिल्ला अस्पतालमा सीटी स्क्यान मसीन जड़ान गर्नुपर्ने मागमा अमरसिहँ राईद्वारा मुख्यमन्त्रीलाई पत्राचार

संवाद प्रतिविम्ब

दार्जीलिङ 27  मई।

रोगी कल्याण समिति, दार्जीलिङ्ग जिल्लाका अध्यक्ष अमर सिंह राईले पश्चिम बंगाल सरकारका मुख्यमन्त्री ममता ब्यार्जीलाई दार्जीलिङ्ग जिल्ला अस्पतालमा सीटी स्क्यान मसिन जडान गर्ने माग गर्दै पत्राचार गरेका छन्।

पत्रमा राईले उल्लेख गर्दै भनेका छन् कि कोविड महामारीको कारण प्रसाशन अनि सम्बन्धित विभागको कार्य उल्लेखनीय हुँदा हुँदै पनि मृत्यु पनि त्यतिकै बढेर गई रहेको छ। कोविड संक्रमण रोकथाम अनि व्यवस्थापन माथि प्रशंसनीय कार्य हुँदा हुँदै पनि कतिपय आधारभूत तत्वहरूको कमिले कार्य गर्ने जोश अनि हौसलामा स्खलन आउने गर्दैछ। जब म दार्जीलिङ्ग नगरपालिकाको अध्यक्ष थिए त्यस समय जिल्ला अस्पतालले पानीको व्यवस्थाको माग गरेका थिए जुन मेरो कार्यकालमा मैले पूरा पनि गरेको हुँ। उनले पत्रमा भनेका छन् कि सि टी स्क्यान मसिन अनि डिजिटल एक्स रे मसिन जडान हुनुपर्ने निर्णय २०१९ मा नै लिइएको हो। तथापि आज सम्म उपर्युक्त मसिन हरु जडान गरिएको छैन।

कोविड रोगीहरूमा फोक्सो सम्बन्धित समस्या हुनाकारणले डाक्टरहरु सीटी स्क्यान गर्ने सल्लाह दिन्छन्। यसको निम्ति रोगीहरू कि त निजी अस्पतालमा जानु पर्छ कि त सिलिगुडी। जब कि जिल्ला अस्पतालमा आउने विरामीहरु चिया कमानका असहाय अनि विपन्न परिवारका छन जसले निजी अस्पतालले लिने मूल्य तिर्नु सक्दैनन्। यसैले पनि दार्जीलिङ्ग जिल्ला अस्पतालमा सी टी स्क्यान मसिन को जडान हुनु अति नै आवश्यक भएको छ।

उनले सीटी स्क्यान मसिनको माग गर्दै सम्माननीय मुख्यमन्त्रीलाई चाँडो भन्दा चाँडो सीटी स्क्यान मसिन जडान गर्नमा सहायता गरेर कोविडका बिरामीहरूलाई निको बनाउन सहायता गर्ने आग्रह गरेका छन्।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!