संवाद प्रतिविम्ब
दार्जीलिङ 22 मार्च।
दागोपापका पूर्व उपाध्यक्ष केशवचन्द्र लामाको निधन भएको छ। उनी 79 वर्षको उमेर पुगेका थिए भने गत केही समयदेखि उपचाराधीन अवस्थामा थिए। हिजोमात्र दार्जीलिङको इडेन अस्पतालमा उपाचाराधीन अवस्थामा उनको निधन भएको परिवारपक्षबाट जान्नमा आएको छ।
दागोपाप पूर्व प्रशासक केशव चन्द्र लामाको निधनको खबर फैलिएपछि चारैतिरबाट शोक व्यक्त गरिदैछ। यही क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले पनि गहिरो शोक व्यक्त गरेका छन्। मन घिसिङले आज एक प्रेस विज्ञप्ति जारी गरी लामातो निधनमा गहिरो शोक व्यक्त गर्दै यसो भनेका छन्-
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समिति उपाध्यक्ष केशव चन्द्र लामाको निधनले मलाई अति नै दुःखित तुल्याएको छ । वहाँलाई विगत केही दिन अघि ह्रदयाघात भएको कारण उपचारको निम्ति सिलगढ़ी अस्पताल लगिएको थियो । हिजो दिंनाङ्क 21 अप्रेल 2021 को दिन सिलिगढ़ीबाट दार्जीलिङ जिल्ला अस्पताल (इडेन ) मा ल्याइएको थियो । आज बिहान वहाँको 79 बर्ष को उमेरमा वहाँको निधन भएको छ ।
वहाँ गोरामुमो पार्टीको स्थापना कालदेखि सदस्य हुनुहुन्थ्यो । संस्थापक अध्यक्ष सुबास घिसिङले जब टिस्टाभेल्ली सजनी डाँडा दुर्गा मन्दिरमा पुजा आर्चना गरि गोर्खाल्याण्ड आन्दोलनको घोषणा गर्दा केशव चन्द्र लामा संग भेट गरि वहाँ पनि गोर्खाल्याण्ड आन्दोलनमा होमिनु भएको थियो । वहाँ गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको संविधान निर्माण कार्यमा उपाध्यक्षको पदमा रहेर पार्टीको संविधान निर्माण कार्यमा ठूलो भुमिका निभाउनु भएको थियो । स्थापना काल देखि पार्टीको उपाध्यक्ष पदमा रहेर पार्टीलाई दरिलो बनाउनको निम्ति वहाँको योगदानलाई कहिले भुल्न सक्दैनौं ।
दार्जिलिङ गोर्खा पार्वत्य परिषद् गठन पश्चात् उपाध्यक्ष पदमा रहेर आफ्नो अहम भुमिका निभाउनु भएको थियो । कर्तव्यनिष्ठ , अनुशासनमा रहेर गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई आफ्नो जीवन अर्पण गर्ने महान नेतालाई आज गुमाउनु पर्दा गोरामुमोलाई ठूलो क्षति भएको आभास गरेको छु । म गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट उनको चिर आत्माको शान्तिको निम्ति ईश्वरसंग प्रार्थना चडाउदै हार्दिक श्रंद्धाञ्जली अर्पण गर्दछु । साथै शोकाकुल परिवार प्रति यस बज्रपात सहन गर्न ईश्वरले सहन शक्ति प्रदान गरुन् भनी हार्दिक संवेदना प्रकट गर्दछु ।
1986 को गोर्खाल्याण्ड आन्दोलनकालमा गोरामुमो सचिव एवं सुवास घिसिङको नजीकको सहयोगीको रूपमा चिनिने केशव चन्द्र लामा हालमा पनि गोरामुमोको उपाध्यक्ष पदमा रहेका थिए।