क्षेत्रीय समाचारदार्जीलिङ

दबाई पानीका हाम्रो पार्टी कार्यकर्ताहरू छोड़ेर फेरि गोरामुमोमा फर्किए

दार्जीलिङ 13 फरवरी।

गोरामुमो लप्चु पेशोक समष्टि अन्तर्गत दबाई पानी मिनरल स्प्रीरिङ शाखा गोदामधुराबाट हाम्रो पार्टीका धेरै सदस्यहरु गोरामुमोमा फर्किएकोगोरामुमो पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् । उनीहरू केही समयअघि गोरामुमो त्यागेर हाम्रो पार्टीसित आवद्ध रहेका थिए भने फेरि गोरामुमोमा नै फर्किएको बताइएको छ।

समष्टि अध्यक्ष छिरिङ लामाको अध्यक्षतामा आयोजना गरिएको समर्थन कार्यक्रममा सचिव तेन्जिङ भोटियाले संचालन गरेका थिए । गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष सुरज कटुवलको उपस्थिति रहेको सभामा समष्टि कमिटीको तर्फबाट दिनेस देवानले दलीय झण्डा प्रदान गरि स्वागत जनाएका थिए ।

शाखा सदस्य सुदेश राईले आफ्नो बक्तब्य राख्दै भने , पुष्कर राईको अगुवाईमा हाम्रो पार्टी त्यागेर गोरामुमोमा सामेल भएकोमा  हामी समष्टि लगायत गोरामुमोले वहाँहरुलाई ह्रदय देखि स्वागत गरेका छौँ । गोरामुमो मात्र जाति र माटोको उन्मुक्तिको निम्ति लडिरहेका छन् भन्ने कुरालाई वहाँ  हरुले आत्मसात गरेका छन् र अब जाति र माटोले उन्मुक्ति नपाएसम्म अध्यक्ष मन घिसिङको हात बलियो बनाउने अठोट गरेको सुदेश राईले आफ्नो वक्तब्यमा जनाएका छन्

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!