संवाद प्रतिविम्ब
दार्जीलिङ 31 मार्च ।
गत 26 मार्चको दिन दार्जीलिङको रिचमण्ड हिलबाट मुख्यमन्त्री ममता ब्यनर्जीले घोषणा गरे अनुसार दार्जीलिङ जिल्ला प्राथमिक पाठशाला परिषदका अध्यक्षको पदमा खरसाङका पूर्व विधायक डा रोहित शर्मा अनि कालेबुङ जिल्ला प्राथमिक पाठशाला परिषदका अध्यक्षको पदमा कालेबुङका पूर्व विधायक डा० हर्क बाहादुर छेत्रीलाई मनोनित गरिएकोमा पश्चिम बंगाल तृणमूल कांग्रेस प्राथमिक शिक्षक संगठनले स्वागत जनाएको छ। संगठनको तर्फबाट विज्ञप्ति जारी गरी दार्जीलिङ जिल्ला प्राथमिक पाठशाला परिषदका अध्यक्षको रूपमा खरसाङका पूर्व विधायक डा रोहित शर्मा अनि कालेबुङ जिल्ला प्राथमिक पाठशाला परिषदका अध्यक्षको रूपमा कालेबुङका पूर्व विधायक डा हर्क बहादुर छेत्रीलाई मुख्यमन्त्री स्वंयले मनोनित गरेकी छिन्।
मुख्यमन्त्रीको यस कदमलाई हामी स्वागत जनाउछौं भनी बताइएको छ। मुख्यमन्त्रीको यस कार्यबाट पाहाड़का प्राथमिक शिक्षक-शिक्षिकाहरूमा एक प्रकार खुशीको लहर छाएको छ।
पहाड़मा जिल्ला प्राथमिक पाठशाला बोर्ड विघटन भएपछि आजपर्यन्त बोर्ड अध्यक्ष नरहेकोले प्राथमिक शिक्षा क्षेत्रमा गरिनुपर्ने विभिन्न कार्यहरू थाँतीमा रहेको थियो। पाठशालाका शिक्षक-शिक्षिकाहरूमा अन्योलता छाएको थियो। धेरै प्रकारको असुविधाहरूको सामना शिक्षक-शिक्षिकाहरूले गर्न परिरहेको थियो ।
विगतको बोर्डले जे जस्तो कार्यहरू गरे, अब नयाँ बोर्ड गठन भएपछि पाहाड़को प्राथमिक शिक्षा क्षेत्रमा आएको ह्रासलाई नयाँ अध्यक्षहरूले पुरा गर्नेछन् भन्ने हामीले विश्वास गरेका छौं, किनकि हामीले दुई योग्य अनि शिक्षाविद् अध्यक्षहरू पाएका छौं । जिल्ला प्राथमिक पाठशाला बोर्ड सञ्चालनको निम्ति विभिन्न पार्टी र विभिन्न शिक्षक सगंठनहरूको माग रहेको भए तापनि दार्जीलिङ अनि कालेबुङ जिल्लाको निम्ति जिल्ला प्राथमिक पाठशाला बोर्ड गठन गर्ने माग पसंद तृणमूल कांग्रेस प्राथमिक शिक्षक संगठनले कलकत्ता गएर विभिन्न उच्च अधिकारीहरूसित भेट गरी ज्ञापन बुझाइने कार्य गरेको थियो। संगठनको मागलाई मानि लिएर दुवै जिल्लाको निम्ति अध्यक्ष नियुक्त गरिएकोमा मुख्यमन्त्रीलाई हामी धन्यवाद दिन्छौं भनी बताएका छन् ।