क्षेत्रीय समाचारदार्जीलिङ

जातीय हितमा एकवद्ध हुने आह्वान गर्दै हाम्रो पार्टीले पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङ लगायत अन्य बुद्विजीविहरूसंग गरयो भेट

दार्जीलिङ 28 फरवरी।

जातीय हितमा एकबद्व बनौ भन्ने संदेश लिएर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले सिक्किमको पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङ लगायत सिक्किमका अन्य बुद्विजीविहरूसगं भेटवार्ता गरयो भने। गत केही महिना अघि देशको सर्वोच्च न्यायलयले सिक्किमको नेपाली भाषीहरूलाई विदेशीको लाञ्छना लगाएका थिए। सिक्किम नेपालीहरूमाथि आई परेको संकटलाई भारतीय नेपालीहरूले आफुहरूमाथि नै आई परेको संकट सम्झेर भारतब्यापी विरोधको आवाज उठेका थिए। भारतीय गोर्खाहरूको एक स्वर देशभरी नै गुन्जिए पछि केन्द्रीय गृहमंत्रलय,सिक्किम सरकार लगायत अन्य संघ संस्थाहरूद्वारा दर्ता गरिएको याचिकामाथि सर्वोच्च न्यायालयले सुनवाई गर्दै सिक्किमे नेपाली भाषीहरूमाथि लागेको विदेशको लान्छनालाई हटाएका थिए।

सिक्किमे नेपाली भाषीहरूलाई जस्तै बंगालको एक जिम्मेवार मन्त्रीले गोर्खा एंव नेपाली भाषाहरूलाई अनुप्रवेशकारीको संज्ञा दिएका छ्न अनि यो संज्ञा राज्यको एकजना मन्त्रीले विधानसभामा उभिएर दिएका हुन्।भारतीय नेपाली एंव गोर्खाहरूमाथि बारम्बार लाग्ने गरेको विदेशी एंव अनुप्रबेशकारी जस्ता आरोप र लान्छनाहरूको विरोध गर्न एकबद्व हुन पर्छ भन्ने संदेश लिएर आज सिक्किमको पूर्व मुख्यमंत्री पवन कुमार चामलिङसंग भेटवार्ता गरिएको हो भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले बताएका छन्।

यस अवधि अध्यक्ष अजय एडवर्डसंग हाम्रो पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँ,सभासद रोबर्ट छेत्री,अन्जली शर्मा,रितेश पोर्तेल आदि सामेल थिए।हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड अनि उनको टोलीले पूर्व मुख्यमंत्री चामलिङ लगायत सिक्किम विश्व विधालयको प्रा0 डाक्टर धनराज छेत्री,डाक्टर सन्तोष राई,डाक्टर बुद्व लामा,डाक्टर विधान लामा,डाक्टर सुदर्शन तामाङ आदिसंग भेटवार्ता गरयो।

यसै क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले सिक्किमको पूर्व मुख्यमंत्री पवन कुमार चामलिङको यो भेटवार्ता राजनैतिक भेटवार्ता नभएर हामी गोर्खा जातिलाई आई परेको बेलामा एकबद्व हुनपर्छ भन्ने संदेश लिएर भेट गरेको बताए।त्यसरी नै सिक्किमको अन्य बुद्विजीविहरूसंगको भेट पनि गोर्खा जातिको हितमा हामी सवै एकबद्व हुनपर्छ भन्ने सोच लिएर आजको यो भेटवार्ता रहेको अध्यक्ष एडवर्डले बताए।

तिनले अघि भने भारत जस्तो महान देशमा हामी गोर्खा हरू नगण्य छौ,यस्तो स्थितिमा जातिको सुरक्षाको निम्ति हामी एकबद्व हुन अति नै जरूरी रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताए।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!