संवाद प्रतिविम्ब
गोरूबथान 30 मार्च।
गत केहीदिन अघि ४३ नम्बर समष्टि जोन एकमा गोर्खा जनमुक्ति मोर्चा पार्टीभित्र नै नेतृत्वहरूमाझ मनमुटावको खबर प्रकाशमा आएको थियोे। आजदेखि उक्त मनमुटावलाई पर सार्दै आफूहरू मनमुटावदेखि पर सरेर आफ्नो दल गोजमुमो विनय समूह अनि कालेबुङ विधानसभा क्षेत्रका उम्मेदवार रूदेन सादा लेप्चा समर्थनमा अडिग रहेको ताबराज अलाम (हैदर) ले स्पष्ट पारे। आज कालेबुङ विधानसभा क्षेत्रका उम्मेदवार रूदेन सादा लेप्चासँग भेट गर्दै तिनले समष्टिभित्रको कतिपय असन्तुष्टिहरूको अन्त्य भएको जनाए।
यसरी नै गोर्खा जनमुक्ति मोर्चाको मूलमन्त्र नयाँ सोच,नयाँ विचारलाई आत्मसात् गर्दै ४३ नम्बर समष्टि जोन एक अन्तर्गत गोरूबथानको गैरी गाउँ अनि राई गाउँबाट अठाइस घर परिवार गोर्खा जनमुक्ति मोर्चा विनय समूहमा सामेल भए। आज गोजमुमो केन्द्रीय कोर कमिटी सदस्य रूदेन सादा लेप्चासँग भेट गर्दै उनीहरूले गोजमुमो विनय समूहको झण्डा ग्रहण गरे। यसरी नै आगामी विधानसभा चुनावमा कालेबुङ विधानसभा क्षेत्रबाट गोजमुमो विनय समूहको उम्मेदवारको रूपमा रूदेन सादा लेप्चा खडा भएकोमा खुशी व्यक्त गर्दै आफूहरू उम्मेदवार रूदेन सादा लेप्चाको पूर्ण समर्थनमा रहेको पनि बताए