क्षेत्रीय समाचारखरसाङसाहित्य

सिलगढी साहित्य संस्थानको वार्षिक सभा अनि नयाँ कमिटी गठन

सिलगढी 7 अप्रेल ।

सिलगडी साहित्य संस्थानको वार्षिक सभा सालबारीमा अवस्थित “क्याफे द ट्विन्स” -मा  सम्पन्न भएको छ। सभामा मूलतः पुरानो समितिको विगठन र नयाँ समितिको चुनाउ रहेको थियो। सभामा संस्थानका पूर्व महासचिव डा भूपेन तामाङ र पूर्व अध्यक्ष डा. ज्ञानेन्द्र सुब्बाले आफ्ना दुई वर्षका कार्यकालमा के कस्ता कार्यहरू भए भन्ने विषयमा आफ्नो अनुभव साझा गरेपछि औपचारिक रूपमा सभा सुरु गरियो।

सभाको मूल एजेण्डा पुरानो कार्यकारिणी समितिको विघटन गरी नयाँ कार्यसमिति गठन गर्न रहेकाले उक्त सभाले चुनाव समितिको अध्यक्षका रूपमा डा. वासुदेव थापालाई चयन गरे। डा. थापाको अध्यक्षतामा सम्पन्न भएको चुनाव प्रक्रियामा सभाले सामूहिक रूपमा चुनाउ नगरेर सर्वसम्मतिमा नयाँ पदाधिकारी चयन गर्ने निर्णय गरी नयाँ समितिका रूपमा अध्यक्ष – डा देवचन्द्र सुब्बा, उपाध्यक्ष सरिता शर्मा, महासचिव डा डपछिरिङ लेप्चा, सह सचिव दिपेश लामा, कोषाध्यक्ष शरण खड्का, सह कोषाध्यक्ष नारायण शर्मालाई अनि कार्यकारिणी सदस्यहरूमा डा भुपेन तामाङ, डा कृष्णमाया मगर, डा सपन प्रधान (प्रचार प्रसार कार्यभार), विरेन्द्र खड्का र नविना थापालाई चयन गरियो।

नयाँ कार्य समितिको चयनपछि महासचिव डा. डपछिरिङ लेप्चा र अध्यक्ष डा देवचन्द्र सुब्बाले कार्यभारलाई ग्रहण गर्दै औपचारिक सम्बोधन गरेपछि सभालाई समापन गरियो। उक्त सभामा संरक्षणका रूपमा डा रिन्जी इडेन वाङ्गदी विशेष उपस्थित थिए‌ भने संस्थानका पूर्व कार्यकारिणी सदस्य लगायत‌‌ साधारण सदस्यहरू उपस्थित थिए।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!