क्षेत्रीय समाचारखरसाङ

डा. एडोन रोंगोंगको निधन गोर्खा जनपुस्ताकालय खरसाङद्वारा शोक सभा सम्पन्न

खरसाङ 31 मई ।

वरिष्ठ साहित्यकार एवं समाजसेवी साथै इसाई अगुवा डा. एडोन रोंगोंगको निधनमा गोर्खा जनपुस्ताकालय खरसाङद्वारा शोक सभा सम्पन्न गरिएको छ। उक्त शोक सभा पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षतामा अनि मूल सचिव विनोद रसाइलीको सञ्चालनमा सम्पन्न भएको छ।

उक्त शोक सभामा सर्वप्रथम डा एडोन रोंगोंगको तस्वीरमा धुप दिप प्रज्वलन साथै खदार्पण गरी श्रध्दाञ्जली अर्पण गरियो। त्यसरी नै उनको निधनमा गहिरो शोक समवेदना प्रकट गर्दै एक मिनटको मौन धारण गरिएको छ भने शोकित परिवारलाई ईश्वरले सहनशक्ति प्रदान गरून् भनी प्रार्थना पनि गरिएको छ। शोक सभामा पुस्तकालयको पूर्व सभापति एंव वरिष्ठ समाजसेवी तिलक शर्मा, वरिष्ठ सदस्य आईएन शर्मा, प्रितमकुमार छेत्री, प्रसनजीत छेत्री, सन्तोषराज छेत्री, अरूण लामा आदिले डा एडोन रोंगोंगको जीवनी, साहित्यिक योगदान साथै उनको कृतिहरू विषयमा चर्चा परिचर्चा गर्दै उनको निधनमा श्रध्दाञ्जली अर्पण गरेका थिए।

सबैले आफ्नो आफ्नो वक्तव्यमा शोक व्यक्त गर्दै जीवनी र कृतिहरू विषयमा प्रकाश पारेका थिए। त्यसरी नै 60 को दशकदेखि नै साहित्यिक यात्रा शुरू गरेर आफ्नो मृत्यु पर्यन्त नै लागि परेका डा एडोन रोंगोंगले साहित्य र समाजका लागि उल्लेखनीय र कार्य गरेको बताएका छन् । वक्ताहरूले डा एडोन रोंगोंगको निधन भए पनि उनको कृतिहरू सदैव अमर रहने पनि बताएका छन्।

डा. एडोन रोंगोंग इसाई भए पनि उनले इसाई समुदायक लागि मात्रै होइन तर साहित्य र समाजको लागि धेरै बहुमूल्य कार्यहरू गरेको वक्ताहरूले बताएका छन् । वक्ताहरूले डा एडोन रोंगोंगको योगदान विषयमा चर्चा परिचर्चा गर्दै दिंवगत आत्माप्रति श्रध्दाञ्जली अर्पण गरेका छन्। सभामा उपाध्यक्ष प्रकाश प्रधान, कोषाध्यक्ष निरङ्कर थापा, कृष्ण पाण्डे, पूर्व सचिव पुरूषोत्तम अधिकारी, सजित खाईबा लगायत अन्यहरू उपस्थित रहेका थिए।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!