संवाद प्रतिविम्ब
खरसाङ 10 अक्टोबर।
खरसाङ बडी बिल्डिङ एण्ड फिटनेस एकाडमीको सभा अकाडमीको सभापति एंव बडी बिल्डिङमा अन्तरार्ष्टिय जर्ज सञ्जय छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभालाई एकाडेमीको सचिव बसन्त थापाले सञ्चालन गरेका थिए। सभामा पहिलेबाटै निर्णय गरिए अनुसार यसपालीको बाल दिवसको अवसर पारेर आगामी 14 नोभेम्बरमा बडी बिल्डिङमा मिस्टर खरसाङ र फिटनेश प्रतियोगिता गरिने भएको छ।
उक्त प्रतियेगितामा जित्नेलाई 1 लाख रुपियाँ प्रदान गरिने भएको छ। त्यसरी नै आगामी वर्षको अप्रेल महिनामा पनि खरसाङमा ईस्टर्न ईण्डिया बडी बिल्डिङ प्रतियोगितालआयोजना गरिने भएको छ। आजको सभामा ओम प्रकाश चौरासिया, देवराज भण्डारी, रमेश अग्रवाल, छोपेल तेञ्जिङ, सुरुज सार्की, शमसेर अलि,कुन्दन तामाङ, भुषाण देवान, दिपक ठटाल, निर्मल गुरुङ लगायत अन्यहरू उपस्थित थिए।
आजको सभा विषयमा खरसाङ बडी बिल्डिङ एण्ड फिटनेस एकाडेमीको सभापति सञ्जय छेत्रीले सभापछि पत्रकारहरूसित कुराकानी गर्दै पहिलेबाटै निर्णय गरिए अनुसार ययपाली बाल दिवसको दिन आगामी 14 नोभेम्बरमा बडी बिल्डिङ प्रतियोगितावआयोजना गरिने र यस प्रतियोगितामा 1 लाख पुरस्कार राशिको घोषणा गरिएको बताए। उनले यस प्रतियोगिताको लागि सबैले सहयो गरिरहेको बताउँदै अझैं पनि सहयोगको आशा गरिएको बताएका छन्। छेत्रीले आगामी वर्ष अप्रेल महिनामा पनि हामीले ईस्टन ईण्डिया बडी बिल्डिङ प्रतियोगिताको आयोजना गरिने पनि बताएका छन्।