क्षेत्रीय समाचारखरसाङ

खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको 62 औं स्थापना दिवस पालन  

संवाद प्रतिविम्ब

खरसाङ 11 नोभेम्बर ।

पहाड़मा खेलकूदको उन्नति र सम्वर्द्धनको लागि लगाताररुपमा कार्य गरिरहेको खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको 62 औं स्थापना दिवस आज सम्पन्न भयो।

खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको 62 औं  स्थापना दिवस आज खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। संघको अध्यक्ष मोहन योञ्जनको अध्यक्षता र  खरसाङ नगरपालिका चेयरम्यान  ब्रिगेन गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खेल क्षेत्रमा आबध्द व्यक्तिहरू  विशेष रुपमा उपस्थित थिए।

समारोहको आरम्भ धूप-दीप प्रज्ज्वलन गरी अनि केक काटेर गरियो। विविध रंगारंग कार्यक्रम कार्यक्रममाझ सम्पन्न समारोहमा खेल जगतमा आफ्नो महत्वपूर्ण योगदान पुर्‍याउने खेलाड़ी अनि संस्थाहरूलाई संघको तर्फबाट सम्बर्द्धना जनाइयो। सबीना गिरी अनि दिव्यत्तम अधिकारीले संयुक्त रूपमा सञ्चालन गरेको समारोहमा संघका सचिव निर्मल गुरूङले संघको कार्य अनि उद्धेश्यबारे प्रकाश पारे।

स्वागत सम्भाषण संघको सह सचिव दिव्यत्तम अधिकारीले राखेका थिए । कार्यक्रमलाई उपस्थित अतिथिहरूले सम्बोधन गर्दै संघलाई स्थापना दिवसको बधाई अनि शुभकामना दिए। कार्यक्रममा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको तर्फबाट अन्तर्राष्ट्रीय रकबी खेलाड़ी एंव वर्तमान समयको रकबी ईण्डिया टिमको कप्तान सुजय लामा र उनकी पत्नी, बिजय रावत, सन् 1976 मा ओलम्पिकमा भाग लिने एसके राई लगायत खरसाङबाट राष्ट्रिय र अन्तर्राष्ट्रीय स्तरमा विभिन्न खेलहरूमा भाग लिने नानीहरू र कोचलाई पनि सम्मान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले सम्बोधन राखेका थिए।

आजको 62 औं स्थापना दिवस विषयमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको मूल सचिव निर्मल गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी दिएका छन्।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!