क्षेत्रीय समाचारखरसाङ

कोविड संक्रमणले ल्याएको अवस्था विषय खरसाङमा संयुक्त बैठक सम्पन्न  

संवाद प्रतिविम्ब

खरसाङ 15 जून।

 वर्तमान कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै खरसाङ महकुमा कार्यालयमा आज महकुमा अधिकारीसँग एउटा संयुक्त बैठक सम्पन्न भयो। उक्त बैठकमा खरसाङ महकुमा शासक आईएएस अभिषेक चौरासिया, खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वास, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, नगरपालिकाको हेल्थ इन्स्पेक्टर रमेश सुब्बा, डा दीक्षा क्षेत्री, विशाल सुनुवारखरसाङ बजार आउट पोस्टका ओसी अनि अस्पतालका अधिकारीहरु, ग्राम पञ्चायत क्षेत्रका अधिकारीहरू उपस्थित रहेका थिए।

बैठक पश्चात नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानले बैठक विषय जानकारी गराउँदै आजको संयुक्त बैठकमा विशेष गरी वर्तमान कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै विभिन्न महत्वपूर्ण विषयहरूमा विमर्श गरिएको बताए। बैठकमा कोविड संक्रमित भएर देहान्त हुनेको अंतिम संस्कार ससम्मान हुनु पर्छ, परिवार पक्षले कुनै दुःख पाउनु हुँदैन, नगरपालिका जनताको लागि सेवाको कार्यमा कटिवद्ध छ, ब्लक र पञ्चायत क्षेत्रमा कोरोनाको कारण देहान्त भएकाहरुको पनि ससम्मान अन्तिम संस्कार हुनुपर्छ, आजसम्म यस्ता मृतकको अन्तिम संस्कार नगरपालिकाले नै गर्दै आएको छ भनी प्रधानले बताएका छन्।

उनले बैठकमा कोविड संक्रमण भएका कुनै पनि व्यक्तिको सोध खोज भएको हुनुपर्ने, संक्रमित व्यक्तिको मनोबल बढाउनु अति नै जरुरी रहेको र कोविडको कारण बजारमा खाद्यान्नको दाम बढेर गएकोले नगरपालिका एउटा मिनी सरकार भएको कारण जनताको हितको पक्षमा बजार घुमेर सौदा पात, साग सब्जी, मासुको दामलाई नियन्त्रणमा राख्न कार्य गर्नेछ अनि हामीले यी विषय एसडीओ अनि पुलिस प्रशासनलाई पनि जनाई सकेका छौं र कोविड महामारीको पिड़ा हुँदाहुँदै पनि जनतालाई आर्थिक मर्का थप्नु हुँदैन भनी बताएका छन्।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!