खरसाङ 16 जनवरी।
खरसाङ क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको गैर सरकारी संस्था ईभान फाउण्डेशन ले आफ्नो तेस्रो स्थापना दिवस पालन गरेको छ।
नयाँ बजार खरसाङस्थित टाउन हलमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रुपमा खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने सभाध्यक्षको रुपमा खरसाङको सबैभन्दा जेठो संस्था गोर्खा पुस्तकालयका पूर्व अध्यक्ष अनि खरसाङ नगरपालिकाका पूर्व अध्यक्ष रबीन कुमार प्रधान अनि विशिष्ट अतिथिको रूपमा खरसाङ नगरपालिका उपाध्यक्ष एंव भागोप्रमो खरसाङ महकुमा समितिको सभापति एंव जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधान प्रधान, समाजसेवी फिरोज अहमद, साहित्यकार बालकृष्ण थामी, रचना अनाकार उपस्थित थिए तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए।
कार्यक्रममा खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएसन, सारदा संगीतालय खरसाङ, सद्भावना सोसियल वेलफेयर सोसाइटी अनि अन्य संस्थाबाट पनि उपस्थित रहेका थिए।
कार्यक्रममा ईभान फाउन्डेसनको उपाध्यक्ष एथिना शर्माले स्वागत भाषण राखेका थिए। कार्यक्रममा सचिव सक्षम सुन्दासले वार्षिक रिपोर्टबारे बताएका थिए अनि अध्यक्ष प्रशान्त शर्माले संस्थाले ३ वर्षमा गर्नु परेको संघर्ष र संस्थाको उद्देश्यबारे बताए अनि आजको पहिलो ‘स्वतंत्र सेनानी सावित्री देवी पुरस्कार” किन महत्त्वपूर्ण छ भनी बताउँदै अध्यक्ष प्रशान्त शर्मा भन्छन् – त्यस समय भारतको स्वतन्त्रता संग्राममा दार्जिलिङको नारी सावित्री देवी जस्तै धेरैको ठूलो योगदान छ र यो योगदानलाई कदर गर्दै आउने भावी पिढीलाई र सारा विश्वलाई नै यस्तो नारीको योगदानबारे अवगत गराउनु सक्नुपर्छ भनी बताएका छन् ।
सभासद् श्याम शेर्पाले सावित्री देवीको विषयमा बताउँदै, ईभान फाउण्डेशनले गरेको कार्यको प्रशंसा गरे। “स्वतंत्रता सेनानी सावित्री देवी स्मृति पुरस्कार ” निष्ठावान पुलिस अधिकारी तथा 86 वर्षको उमेरमा पनि समाजमा धेरै प्रतिष्ठित संघ संस्थालाई नेतृत्व गर्ने मोहन योञ्जन, विद्यासागर बि एड कलेज कि प्रिन्सिपल, जसले आजसम्म 75 किताबहरू पब्लिसि गरेकिछिन्, सिक्किम विश्वविद्यालयबाट बेस्ट टिचर अवार्डले सम्मानित डाक्टर सविता मिश्रा, अनि गोर्खे गौरव , ओलम्पिक हकि खेलाडी स्व चमनसिंह गुरुङलाई यो पुरस्कारद्वारा सम्मानित गरियो। उक्त सम्मानमा फूलमाला, सल ओढाएर , सम्मान पात्रको साथ पुरस्कार प्रदान गरियो।
आफ्नो वक्तव्य दिँदै डा सविता मिश्रा भावुक हुँदै ईभान फाउन्डेशनको सधैं कृतज्ञ रहने बताए, त्यसरी नै मोहन योञ्जनले आफु पुलिस अधिकारी हुँदाको कार्यहरूबारे बताए र ईभान फाउन्डेसनले दिएको सम्मानको निम्ति धन्यवाद दिएका छन्। त्यसरी नै हक्की खेलाड़ी चमनसिंह गुरुङकी बुहारी उमा गुरुङले , चमन सिंह गुरुङको योगदानको कदर भएको कुरा सबैलाई बताइन्। कार्यक्रम मेघना शर्मा र निकेतन शर्माले संचालन गरेका थिए, कार्य क्रममा विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरियो ।